newskoseli.Com

विप्लव नेकपालाई सरकारले धकेल्यो युद्धमा : ‘हत्या–हिंसाको कालखण्ड दोहोरियाे’ भन्दै ओलीको बिलौना

खड्ग ओली नेतृत्वको सरकारले मुलुकमा फेरि हत्या–हिंसाको श्रृंखला दोहोर्‍याएको छ ।

भिन्न राजनीतिक आस्था राखेर वर्तमान संसदीय राजनीतिभन्दा अगाडि बढ्दै समाजवादी राज्यव्यवस्थाको वकालत गरिरहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि ‘प्रतिबन्ध’ लगाएर ओली सरकारले हिंसात्मक राजनीतिको थालनी गरेको हो ।

घोषितरूपमा युद्धको थालनी नगरेको विप्लव नेकपामाथि ‘प्रतिबन्ध’ लगाउने, सो पार्टीका झन्डै आधा दर्जन नेता–कार्यकर्ताको हत्या गर्ने, संविधानले प्रदान गरेका आधारभूत लोकतान्त्रिक अधिकारबाट समेत च्युत गराएर उक्त दललाई शान्तिपूर्ण राजनीतिक गतिविधि र संगठनात्मक एवं राजनीतिक क्रियाकलाप गर्न नदिने, सो दलप्रति आस्था राखेकै कारण बयोवृद्ध, बिरामी र प्रतिष्ठित व्यक्तित्वहरूलाई समेत विनाकारण गिरफ्तार गरेर झुट्टा मुद्धा लगाउनेजस्ता क्रियाकलाप ओली सरकारले तेज पार्‍यो । सरकारले सिर्जना गरेको यसखाले बाध्यात्मक स्थितिले विप्लव नेकपालाई क्रमशः प्रतिरोधतर्फ धकेल्दै लगिरहेको छ ।

सरकारको यही अलोकतान्त्रिक एवं विवेकहीन हर्कतकै कारण मंगलबार मिक्लाजुङ गाउँपालिका– १, बर्खे, मोरङका ५२ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको ज्यान गएको छ । र, सो हत्यामा आफ्नो संलग्नता रहेको स्वीकार्दै विप्लव नेकपाले जिम्मेवारी समेत लिएको छ । मंगलबार बिहान भएको सो घटनाको साँझ विज्ञप्ति जारी गरेर नेकपाका मेची–कोशी ब्युरो इन्चार्ज प्रताले जिम्मा लिएका छन् ।

आफूले हारेको प्रधानमन्त्रीको स्वीकारोक्ति

विप्लव नेकपामाथि अनावश्यक ढंगबाट अलोकतान्त्रिक एवं बहुलट्ठीपूर्ण तरिकाले ‘प्रतिबन्ध’ लगाउँदै ‘अबको केही महिनाभित्रै विप्लव स्वयं या त हामीकहाँ आत्मसमर्पण गर्दै शरण माग्न आइपुग्छन् या त तिनको कठालो समातेर कानुनको कठघरमा उभ्याइसकिनेछ, केही महिनाभित्र त्यो समूहको नामनिशाना बाँकी रहने छैन’ भन्दै लठैत शैलीमा बर्बराएका प्रधानमन्त्री खड्ग ओली स्वयंले त्यसको झण्डै दुई वर्षपछि हार स्वीकार्दै मंगलबार अपराह्न बिलौना गरेका छन् ।

मंगलबार दक्षिणी काठमाडौंमा सूवर्णकीर्ति महाविहारमा जेष्ठ नागरिक आवास गृहको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले ‘देशमा राजनीतिक समस्या निम्त्याउन बलजफ्ती प्रयास भएको’ बताए । ‘देशमा हत्या–हिंसाको विकराल कालखण्ड फर्काउने कोशिस भइरहेको’ उनको भनाइ छ । ‘समाज पथभ्रष्ट हुँदै पुरानो हत्या–हिंसाको बाटोमा फर्कन लागेको’ प्रधानमन्त्री ओलीको भनाइले उनी र उनको सरकार असफल भएको र विद्रोही नेकपा क्रमशः हावी हुँदै गएको पुष्टि हुन्छ ।

हिंसात्मक प्रतिरोधको विधिवत थालनी !

मृतक शिक्षक राजेन्द्र श्रेष्ठ

उता, विप्लव माओवादीको मेची–कोशी ब्युरोले भने प्रतिकारका क्रममा ‘सुराकी’ को मृत्यु भएको जिम्मेवारी लिँदै आफूहरूले हिंसात्मक प्रतिरोध थालिसकेको संकेत गरेको छ ।

मेची–कोशी ब्युरोको बैठक चलिरहेका बेला प्रहरी बोलाएर दमन गरेको, पार्टीको बैठकका क्रममा २०७६ फागुन २६ मा प्रहरीलाई सूचना दिएकोलगायतका कारण राजेन्द्र श्रेष्ठमाथि ‘कारबाही’ गरेको सो पार्टीले बताएको छ ।

मेची–कोशी ब्युरोका इन्चार्ज प्रतापले मंगलबार जारी गरेको विज्ञप्तिमा आफ्नो पार्टीका नेता–कार्यकर्ताहरू र पार्टीविरोधी गतिविधि गरेका उनलाई सम्झाउन खोज्दा प्रतिकार गरेकाले मृत्यु हुन पुगेको उल्लेख छ ।

यस्तो छ विप्लव नेकपाको भनाइ–

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर