newskoseli.Com

नेकपा स्थायी कमिटी बैठक : शोक प्रस्ताव पारित गर्दै स्थगित, पुस १ मा फेरि बस्ने, नारायणकाजीको पक्षमा प्रचण्ड, ओली मौन

सत्ताधारी नेकपाको स्थायी कमिटीको बैठक आइतबार पनि एजेन्डामा प्रवेशै नगरी स्थगित भएको छ । सो पार्टीका दिवंगत केन्द्रीय सदस्य, पूर्वसांसद एवं पूर्वराजदूत कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्दै त्यसपछि भने बैठक स्थगित गरिएको हो । अर्को बैठक पुस १ गते दिउँसो १ बजे बस्ने गरी तय गरिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो १ बजे सुरु भएको बैठकमा शोक प्रस्ताव मात्र कार्यसूचीमा राखिएको थियो । यसअघि पार्टी कार्यालय धुम्बाराहीमा २१ मंसिरमा बसेको स्थायी कमिटीको बैठक ‘बहिष्कार’ गरेका अर्का अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओली पनि आइतबारको बैठकमा भने सहभागी भए ।

आइतबारको बैठकमा बोल्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कमानसिंह लामा र हाइड्रो पावरको विवादमा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अनावश्यकरुपमा जोडेर प्रचार भएको भन्दै त्यसो नगर्न सबैसँग आग्रह गरे । लामा र हाइड्रो पावरको विवादमा प्रवक्ता श्रेष्ठले मिलाउने भूमिका खेलेको भन्दै अनावश्यक प्रचारको भ्रममा नपर्न र यसमा नलाग्न अध्यक्ष प्रचण्डले आग्रह गरे । यस विषयमा अर्का अध्यक्ष ओली भने मौन रहेको बैठक स्रोतले न्युजकोसेलीलाई बतायो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर