newskoseli.Com

‘तुरून्त राजीनामा दिनोस्’ : ओली, ‘पार्टीले दिएको पद तपाईंले भन्दैमा छाड्दिनँ’ : गुरुङ

प्रधानमन्त्री एवं सत्ताधारी नेकपाका एक अध्यक्ष खड्ग ओलीले संसदीय दलको प्रमुख सचेतक पदबाट राजीनामा दिन सांसद देव गुरूङलाई ‘आदेश’ दिएका छन् । तर, नेता गुरुङले भने आफूलाई सो पदमा ओलीले नभई पार्टीले स्थापित गरेको जिकिर गर्दै व्यक्तिगतरुपमा कसैले भन्दैमा राजीनामा नदिने जवाफ फर्काएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलका मुख्य सचेतक गुरुङ पार्टीको आन्तरिक विवादका क्रममा प्रचण्ड–माधव नेपाल नेतृत्वको बहुमत पक्षतर्फ लागेपछि प्रधानमन्त्री ओलीले उनलाई राजीनामा गर्न ‘निर्देशन’ दिएका हुन् । तर, आफूलाई पार्टीले सो पदमा स्थापित गरेको भन्दै कसैले चाहँदैमा राजीनामा नदिने जवाफका साथ गुरुङले प्रधानमन्त्रीको निर्देशन अस्वीकार गरेका छन् ।

गुरुङलाई ओलीले दुई दिनअघि बालुवाटार बोलाएर राजीनामा दिन ‘निर्देशन’ दिएका थिए । पार्टीले दिएको दायित्व पार्टीले मात्रै फिर्ता लिन सक्छ भन्ने गुरुङको जवाफमा आफू स्वयं पार्टीको नेतृत्व रहेको र गुरुङलाई त्यो हैसियत आफूले प्रदान गरेको दावी ओलीले गरेको स्रोतको भनाइ छ । पार्टीको हालको अवस्थाबारे अरुले जसरी नै आफूले पनि टीकाटिप्पणी गरेको तर मुख्य सचेतकको भूमिका निर्वाहमा कानुन र नियमविपरीत नगएकाले राजीनामाको माग असान्दर्भिक भएको उत्तर गुरुङले दिएका छन् ।

प्रधानमन्त्रीसँग भएको कुराकानी र आफूलाई दिएको निर्देशन एवं त्यसप्रति आफूले गरेको तर्कबारे गुरुङले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा अरु शीर्ष नेताहरुलाई जानकारी गराएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर