newskoseli.Com

ओलीले गरे ‘कु’, राष्ट्रपतिद्वारा तत्कालै सदर : वैशाख १७ र २७ मा चुनाव (राष्ट्रपतिको विज्ञप्तिसहित)

प्रधानमन्त्री खड्ग ओली र राष्ट्रपति विद्या भण्डारीको फाइल तस्बिर ।

प्रधानमन्त्री खड्ग ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । ओलीले आइतबार बिहानै मन्त्रिपरिषदको बैठक राखेर संसद विघटनरूपी राजनीतिक ‘कु’ को सिफारिस गरेको केही घन्टापछि दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त सिफारिस सदर गरेर ०७८ वैशाख १७ र २७ गरी दुई चरणमा आम निर्वाचन गर्ने घोषणा गरिदिएकी हुन् ।

संसद् विघटनसम्बन्धी राष्ट्रपतिको विज्ञप्तिमा संविवधानका केही धारा–उपधारा उद्धृत गर्दै सत्ताधारी नेकपाभित्रको खड्ग ओली गुटले यसअघि गर्दै आएअनुरूपको लामो राजनीतिक व्याख्या समेत समेटिएको छ । संसद विघटन गर्ने प्रस्तावप्रति मन्त्रीहरूबाटै तीव्र विरोध छ भने सत्ताधारी र विपक्षी दुई ठूला दलहरुले समेत चर्को विरोध गरेका छन् ।

राष्ट्रपति भण्डारीले भने संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ तथा ‘संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य–मान्यताबमोजिम’ भन्दै संसद विघटनको घोषणा गरिदिएकी छन् । ‘मन्त्रिपरिषदको सिफारिसबमोजिम ताजा जनादेशका लागि २०७८ वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचन’ समेत राष्ट्रपतिले तोकेकी छन् ।

यस्तो छ संसद विघटनसम्बन्धी राष्ट्रपतिको विज्ञप्ति–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर