newskoseli.Com

प्रचण्ड–माधव पक्षका ७ मन्त्रीले दिए राजीनामा (नामावलीसहित)

प्रधानमन्त्री खड्ग ओलीले मन्त्रिपरिषदका नाममा एकल निर्णय गरी राष्ट्रपतिमार्फत प्रतिनिधिसभा विघटन गराएकोप्रति आपत्ति प्रकट गर्दै ७ मन्त्रीले राजीनामा दिएका छन् ।

सत्ताधारी नेकपाभित्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका भनेर चिनिने ७ मन्त्रीले राजीनामा दिएका हुन् । पूर्वमाओवादीकै ‘कोटा’ बाट मन्त्री बनेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उद्योगमन्त्री लेखराज भट्टले भने राजीनामा दिएनन् ।

सामूहिक राजीनामा दिँदै जारी गरिएको ७ मन्त्रीको संयुक्त प्रेस विज्ञप्तिमा लेखिएको छ– ‘आज मिति २०७७ पुस ५ गतेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी ओलीद्वारा प्रस्तुत प्रतिनिधिसभाको विघटनको प्रस्तावमा हाम्रो असहमति रहेको सर्वविदित नै छ । त्यसलाई रोक्न हाम्रो तर्फबाट अधिकतम प्रयास भएको पनि सार्वजनिक नै छ । गैरसंवैधानिक, अलोकतान्त्रिक, जनादेशविपरीत तथा राजनीतिक मूल्य र स्थितरताको प्रतिकूल हुने गरी चालिएको कदमप्रति गम्भीर असहमति जनाउँदै हामीले मन्त्री पदबाट राजीनामा गरेका छौं ।’

यी हुन् राजीनामा दिएका मन्त्रीहरु–

१. गिरिराजमणि पोखरेल– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री

२. वर्षमान पुन– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री

३. घनश्याम भुसाल– कृषि तथा पशुपछी विकास मन्त्री

४. योगेशकुमार भट्टराई– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री

५. शक्तिबहादुर बस्नेत– वन तथा वातावरण मन्त्री

६. रामेश्वर राय यादव– श्रम तथा रोजगार मन्त्री

७. बिना मगर– खानेपानी तथा सरसफाइ मन्त्री

थप याे पनि पढ्नुहाेस्–
ओलीले गरे ‘कु’, राष्ट्रपतिद्वारा तत्कालै सदर : वैशाख १७ र २७ मा चुनाव (राष्ट्रपतिको विज्ञप्तिसहित)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर