newskoseli.Com

ओलीमाथि अनुशासनको कारबाही, महरा बने स्थायी कमिटीको सदस्य

प्रधानमन्त्री ओलीको फाइल तस्बिर

सत्ताधारी नेकपाको सम्पूर्ण शक्ति लगाएर प्रधानमन्त्री बनेका खड्ग ओलीले स्वयं अध्यक्ष समेत रहेको पार्टीका सम्पूर्ण निर्णय, नीति, योजना र कार्यक्रम लत्याएर पार्टी र सरकार दुवैतिर आफूखुशी गर्दै आएकोमा संविधानको समेत धज्जी उडाउँदै र लोकतन्त्र तथा जनअभिमत समेतको गम्भीर अपमान गर्दै आइतबार संसद् विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गरेपछि पार्टीले उनीमाथि अनुशासनको कारबाही गर्ने निर्णय लिएको छ ।

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन र वैशाख १७ र २७ मा आम चुनाव समेतको घोषणा गरेपछि आइतबार अपराह्न बसेको सो पार्टीको स्थायी कमिटीको बैठकले ओलीमाथि कारबाही गर्न केन्द्रीय कमिटीमा सिफारिस गर्ने निर्णय लिएको हो । यसअघि स्थायी कमिटीमै रहेका तर सभामुख बन्दा पार्टीको जिम्मेवारीबाट राजीनामा दिएका वरिष्ठ पूर्वमाओवादी नेता कृष्णबहादुर महरालाई स्थायी कमिटीको सदस्यमा पुनर्बहाल गराउने निर्णय समेत आइतबारको स्थायी कमिटीको बैठकले लिएको छ ।

प्रधानमन्त्री ओलीको पछिल्लो कदम असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र जनादेशविरुद्ध भएको ठहर गर्दै स्थायी कमिटीले खेद व्यक्त गरेको छ । ओलीको यस कदमका विरूद्ध राजनीतिकसँगै कानुनी उपचार खोज्ने निर्णय भएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई बताए ।

ओलीमाथि कारबाहीका लागि ७ पुसमा केन्द्रीय कमिटीको आकस्मिक बैठक बोलाइएको छ । सोमबार दिउँसो १ बजे नयाँ बानेश्वरमा नेकपा संसदीय दलको बैठक बोलाउने र त्यसलगत्तै ३ बजे स्थायी कमिटीको बैठक पनि बस्ने निर्णय आइतबारको स्थायी कमिटीको बैठकले गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा ४५ सदस्यीय स्थायी कमिटीका आमन्त्रित ४ सहित ३१ जना सदस्य उपस्थित रहे ।

थप यी समाचार पनि पढ्नुहाेस्–
ओलीले गरे ‘कु’, राष्ट्रपतिद्वारा तत्कालै सदर : वैशाख १७ र २७ मा चुनाव (राष्ट्रपतिको विज्ञप्तिसहित)
प्रचण्ड–माधव पक्षका ७ मन्त्रीले दिए राजीनामा (नामावलीसहित)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर