newskoseli.Com

डोरमणिविरुद्ध अविश्वास प्रस्ताव दर्ता, नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी प्रस्तावित (प्रस्ताव र नामावलीसहित)

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेशसभाका बहुमत सदस्यले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । सत्ताधारी नेकपाकै बहुमत (प्रचण्ड–माधव) पक्षीय प्रदेश सांसदहरुले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

मुख्यमन्त्रीबाट पौडेललाई हटाएर वरिष्ठ नेतृ एवं प्रदेश सांसद अष्टलक्ष्मी शाक्यलाई नयाँ मुख्यमन्त्री बनाउनुपर्ने प्रस्ताव गरिएको छ । ८० सदस्यीय प्रदेशसभाका ४५ सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइएको छ ।

बागमती प्रदेश सरकारका तीन मन्त्रीले शुक्रबारै राजीनमा दिएका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलाल र उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपालले राजीनामा दिएका हुन् ।

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर