newskoseli.Com

शेरधनविरूद्ध पनि अविश्वासको प्रस्ताव दर्ता : नयाँ मुख्यमन्त्रीको उम्मेदवार भीम आचार्य प्रस्तावित

शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको सत्ताधारी नेकपाका प्रचण्ड–माधव नेपाल पक्षले आइतबार प्रदेश– १ का मुख्यमन्त्री शेरधन राईिवरूद्ध पनि अविश्वासको प्रस्ताव दर्ता गराएको छ ।

भीम आचार्यलाई मुख्यमन्त्रीको उम्मेदवारमा प्रस्तावित गर्दै ३७ जनाको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गरिएको सो प्रदेशका निवर्तमान अर्थमन्त्री इन्द्रबहादुर आङ्बोले जनाएका छन् । आङबोलाई शनिबार मुख्यमन्त्री राईले पदमुक्त गरिदिएका थिए । त्यसपछि आइतबार सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले राजीनामा दिएका छन् ।

वर्तमान राष्ट्रिय राजनीतिमा घटेका घटनाक्रमहरुका कारणले गर्दा वर्तमान प्रदेश सरकारको मन्त्री र राज्यमन्त्रीको जिम्मेवारीमा रही काम गर्न असमर्थ रहेको व्यहोरा राजीनामापत्रमा उनीहरुले उल्लेख गरेका छन् । आफूलाई पदमुक्त गरिएलगत्तै अविश्वासको प्रस्ताव दर्ता गर्न मुख्यमन्त्रीले नै बाटो खोलिदिएको आङ्बोले बताएका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर