newskoseli.Com

‘संसद् पुनर्स्थापना भए तपाईं प्रधानमन्त्री’ : देउवालाई प्रचण्ड–माधवको ‘अफर’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले प्रतिनिधिसभा पुनर्स्थापित हुँदा र नहुँदा आइपर्ने जुनसुकै परिस्थितिका लागि पनि सहकार्य गर्न कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रस्ताव गरेका छन् ।

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि संयुक्त संघर्ष गर्ने र पुनर्स्थापित भएको अवस्थामा देउवा नै प्रधानमन्त्री बन्न सक्नेसम्मको ‘अफर’ प्रचण्ड–माधवले गरेका छन् । बुधबार साँझ ६ देखि ८ बजेसम्म देउवासँग राजधानीमा भएको गोप्य भेटमा प्रचण्ड–माधवले संयुक्त संर्घषदेखि सत्ता सहकार्यसम्मको प्रस्ताव गरेका हुन् ।

प्रचण्ड–माधवको प्रस्ताव पार्टीको बैठकमा राख्ने र त्यहाँबाट आएको निचोडपछि फेरि छलफल गर्ने देउवाले बताएका छन् । ‘तपाईंले चुनावमा यति धेरै जोड किन दिइरहनुभएको छ’ भनेर प्रचण्डले सोधेका थिए । जवाफमा देउवाले प्रधानमन्त्री खड्ग ओलीले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक काम गरेको भए पनि चुनावमा जानु लोकतान्त्रिक विधि भएको बताए ।

त्यसपछि प्रचण्डले प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिक भनेर सडकमा जाँदा र सडकबाटै चुनावको वकालत गर्दा लोकतन्त्र नै धरापमा परेको भनाइ राखेको खबर बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर