newskoseli.Com

प्रचण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता : अदालतको अवहेलना गरेको आरोप

तस्बिरः अध्यक्ष प्रचण्डकाे सचिवालय ।

अदालतको अवहेलना गरेको आरोप लगाउँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गराइएको छ । समेमबार दर्ता भएको सो रिट निवेदनको मंगलबार पेसी तोकिएको छ ।

अदालत र न्यायाधीशहरुलाई लक्षित गरी अध्यक्ष प्रचण्डले पटक–पटक ‘धम्कीपूर्ण अभिव्यक्ति’ दिएको दाबी गर्दै अधिवक्ता समिर हायुले मुद्दा दर्ता गराएका हुन् ।

अदालतको पवहेला गरेको भन्दै यसअघि पनि कामचलाउ प्रधानमन्त्री खड्ग ओली, पूर्वसभामुख दमननाथ ढुंगाना र चारजना पूर्वप्रधानन्यायाधीशहरुका विरुद्ध समेत मुद्दा दर्ता गराइएका छन् । उनीहरुलाई भने सर्वोच्चले लिखित जवाफसहित उपस्थित हुन आदेश गरिसकेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर