newskoseli.Com

विष्णु पौडेल र लेखराज भट्ट भाषण गर्दागर्दै ढुंगामुढा : कार्यक्रम नै बिथोलेर किन लखेटे जनताले ?

नेपाल सरकारका ‘शक्तिशाली’ अर्थमन्त्री एवं नेकपा ओली समूहका महासचिव विष्णु पौडेल तथा वाणिज्य र आपूर्तिमन्त्री एवं ओली समूहकै अर्का चर्चित नेता लेखराज भट्टलाई भाषण गर्दागर्दै ढुंगामुढा गरेर जनताले लखेटिदिएका छन् ।

रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र प्रभावित स्थानीयवासीले मन्त्रीद्वयविरुद्ध शुक्रबार नाराबाजी र ढुंगामुढा गर्दै उनीहरूको कार्यक्रम समेत बिथोलेर लखेटेका हुन् । निकै ठूलो सुरक्षा घेराबीच मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गरे तापनि अर्थमन्त्री पौडेलले भाषण गर्न थालेपछि स्थानीय जनताले स्टेजतर्फ ढुंगा प्रहार गर्दै नाराबाजी गरेपछि दुई मिनेट पनि भाषण नगरी कार्यक्रम टुंग्याएर पौडेल र भट्ट भागेका छन् ।

अर्थमन्त्री पौडेललाई भूमाफियालगायतका आरोप लगाउँदै जनताले मञ्चको चारैतिरबाट नाराबाजी र ढुंगामुढा प्रहार गरेपछि ओली समूहका कार्यकर्ता समेत ढुंगामुढामा उत्रेका थिए । तर, तिनले थेग्न नसक्ने देखिएपछि प्रहरीले दुवैतर्फका ढुंगामुढा छल्दै वरिष्ठ दुई मन्त्रीलाई त्यहाँबाट जोगाउँदै भगाएको हो ।

स्थानीयवासीमाथि ज्यादति गरेर राजनीतिक प्रचारका लागि मात्र शिलान्यास गरेको भन्दै आक्रोशित स्थानीयवासीले मन्त्रीहरु भागेलगत्तै अर्थमन्त्रीले शिलान्यास गरेको औद्योगिक क्षेत्रको शिलास्तम्भ र आयोजनासम्बन्धी बोर्ड ध्वस्त पारिदिएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर