newskoseli.Com

सत्ताधारी नेकपाको अस्तित्व नै समाप्त : ब्युँतिए एमाले र माओवादी केन्द्र (फैसलाको पूर्णपाठ)

तत्कालीन नेकपा (एमाले) र नेकपा माओवादी (केन्द्रबीच केन्द्र) एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टीगत अस्तित्व नै समाप्त भएको छ । एमाले–माओवादी केन्द्रबीच एकता भएसँगै पहिल्यै दर्ता कायम रहेको ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग हुबहु नाम जुधाएर निर्वाचन आयोगमा दर्ता गराइएको सो पार्टी दर्ताको प्रारम्भिक प्रक्रियादेखिकै सम्पूर्ण कामकाज खारेज गरेर सर्वोच्च अदालतले आइतबार सोलोडोलो सत्ताधारी पार्टी सिंगैको अस्तित्व नै समाप्त पारिदिएको छ ।

सर्वोच्चको यो निर्णयसँगै कानुनी रूपमा पूर्ववत नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) नै ब्युँतिएका छन् । तर, एकता प्रक्रियासँग ती दुवै पार्टीको दर्ता खारेज गराइएको र पछि अरू–अरू नै नेता र समूहले ती दुवै नाम लिएर बेग्लाबेग्लै पार्टी निर्वाचन आयोगमा दर्ता नै गरिसकेको हुँदा सत्ताधारी पार्टी, त्यो पनि विभाजनको डिलमै पुगिसकेको नेकपाका दुवै पक्ष वैधानिक हिसाबले संगठनात्मक अस्तित्वविहीन हुन पुगेका छन् ।

यस्तो छ नेकपासम्बन्धी सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ–

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर