newskoseli.Com

नेकपाको ‘खारेजी’ पछि कांग्रेसको भने यस्तो योजना !

सर्वोच्च अदालतले आइतबार दिएको सत्ताधारी नेकपा ‘खारेज’ गर्ने फैसलापछि सबैको ध्यान प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसतर्फ आकर्षित भएको छ । कांग्रेसले अब सर्वप्रथम सरकारबाट खड्ग ओलीलाई बिदाई गर्ने र त्यसपछि मुलुकलाई ‘अर्ली इलेक्सन’ मा लाने मुद्दालाई ‘बटमलाइन’ बनाउने भएको छ ।

सर्वोच्चको फैसलाबाट नेकपा (नेकपा) खारेज भई पूर्ववत् नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) नै ब्युँतने अवस्थामा सिर्जना भएपछि कांग्रेसले ‘अर्ली इलेक्सन’ लाई मुख्य मुद्दा बनाउने भएको हो । अब कांग्रेसको मुख्य मुद्दा नै ‘अर्ली इलेक्सन’ हुनुपर्ने कांग्रेस नेता रमेश लेखकले बताएका छन् ।

‘अब संसद् त्रिशङ्कु भयो, ६४ प्रतिशत मत भएको पार्टीले पनि स्थिरता दिन सकेन र हिजोदेखि त त्यो पार्टी नै विधिवतरूपमा दुईवटा भइसक्यो,’ लेखकले भनेका छन्– ‘त्रिशङ्कु संसदले न स्थिरता दिन सक्छ, न त कम्युनिस्टको द्वन्द्वमा च्यापिएको यो प्रतिनिधिसभाले कुनै काम गर्न नै सक्छ ।’ सभापति शेरबहादुर देउवाका विश्वासपात्र भनेर चिनिने लेखकले भनेका छन्– ‘मूल कुरा अर्ली इलेक्सनमै जानुपर्छ, तत्कालका लागि सरकारको नेतृत्व कसले गर्ने भन्ने कुरा सेकेन्डरी हो ।’

कांग्रेसका चर्चित युवानेता एवं सांसद गगनकुमार थापाले पनि सबभन्दा पहिले ओली सरकार हटाएर कांग्रेसको नेतृत्वमा देशलाई अर्ली इलेक्सनमा लगिने बताएका छन् ।

‘पहिलो कुरा त हरेक हिसाबले सत्तामा रहने नैतिकता गुमाइसकेको ओली सरकार हटाउनुपर्छ त्यसपछि देश अब इलेक्सनमा जान्छ नै, संसद् विघटनबाटै गत निर्वाचनको जनमत सकिएको थियो; फेरि हिजोको सर्वोच्चको निर्णयबाट त नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले पाएको जनमत समेत सकियो,’ सांसद थापाले भनेका छन्– ‘देश अब निर्वाचनमा जान्छ, निर्वाचन कसले गराउने, कहिले गराउने, कसरी यसलाई सम्हाल्ने भन्ने सन्दर्भमा नेपाली कांग्रेसले सुझबुझपूर्ण ढङ्गले विभिन्न पक्षहरुसँग छलफल गर्नुपर्छ ।’

न्युजकोसेलीको भिडियो च्यानल पनि हेर्नोस्–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर