newskoseli.Com

‘सहमतिको बाटै बन्द, दुई टुक्रा भयो एमाले’ : माधव–झलनाथ पक्षकाे पनि समानान्तर संरचना

एमाले अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओलीले शुक्रबार आफ्नो गुटको बैठक राखी नवौं महाधिवेशनबाट निर्वाचित एमालेका अध्यक्ष र महासचिवबाहेकका सम्पूर्ण पदाधिकारी बर्खास्त गर्ने, प्रदेश तथा विभागीय जिम्ममा आफ्नो गुटबाहिरबाट प्रतिनिधित्व गरेका सम्पूर्ण नेताको जिम्मेवारी खोस्ने र विद्यमान केन्द्रीय कमिटीभन्दा कयौं गुणा बढी नयाँ केन्द्रीय सदस्यहरू आफूखुशी थप्ने काम गरेपछि ‘एमाले अब दूई टुक्रा भएको’ प्रतिक्रिया वरिष्ठ नेता माधवकुमार नेपाललगायतले दिएका छन् ।

शनिबार आफू पक्षधर नेता र सांसदहरूको राजधानीमा बैठक तथा भेला राखेर परामर्श लिइसकेपछि वरिष्ठ नेता नेपालले भने– ‘‘सर्वोच्चले फैसला गरिसकेपछि ओलीले फोन गरेर छलफल गर्नुहुन्छ भन्ने अपेक्षा थियो, उल्टै जसरी हिजो निर्णय गर्नुभयो, त्यसपछि त अब लगभग सहमतिको बाटो बन्द भएको छ ।’

‘अब ओलीसँग फर्किने सम्भावना छैन, चैत ७ मा ओलीले बोलाएको भनिएको बैठकमा पनि गइन्नँ’ वरिष्ठ नेता नेपालले भने– ‘जेठ २ गतेसम्म एमालेको जुन संरचना थियो, त्यो तलमाथि हुनुभएन त्यसैले अब अलग–अलग ढंगले जान्छौं ।’

‘संसदमा रहेका साथीहरूले पनि हामी सांसदको लोगो गुमाउन तयार छौं तर साथ छाड्दैनौं भन्नुभएको छ, आज पनि केन्द्रीय समितिको बैठकमा ४० सांसद उपस्थित हुनुभयो,’ नेता नेपालको भनाइ छ– ‘चमत्कार नै भए मात्रै, नत्र ओलीसँग अब सहकार्य हुँदैन ।’ एमालेको मूलधार आफूहरु नै भएको भन्दै अब वृहत् वाम एकताको पहल थालिने नेपालले बताए ।

‘जेएन खनाल कमरेड पनि सँगै हुनुहुन्छ, अब वामदेवजी पनि यहीं आउनुहुन्छ, एमालेका बहुमत नेता–कार्यकर्ता हाम्रै पक्षमा हुनुहुन्छ’– वरिष्ठ नेता नेपालले भने ।

जिम्मेवारीमा समानान्तर नेतृत्व

शुक्रबार ओली समूहले एकलौटी कार्यविभाजन गरिसकेपछि शनिबार खनाल–नेपाल पक्षले पनि प्रदेश र विभागहरूमा समानान्तर नेतृत्व तोकेको छ । प्रदेश– १ मा भीम आचार्य, प्रदेश– २ मा घनश्याम भुसाल, प्रदेश– ३ मा अष्टलक्ष्मी शाक्य, प्रदेश– ४ मा सुरेन्द्र पाण्डे, प्रदेश– ५ र ६ मा युवराज ज्ञवाली र प्रदेश– ७ मा भीम रावलले संयोजनको जिम्मेवारी पाएका छन् ।

केन्द्रीय विभागहरूमा पनि रघु पन्तले युवा विभाग, गोकर्ण विष्टले विद्यार्थी विभाग, योगेश भट्टराईले प्रचार विभाग, अष्टलक्ष्मी शाक्यले महिला र प्रमेश हमालले बुद्धिजीवी विभागको जिम्मा पाएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर