newskoseli.Com

घनश्याम भुसालको सनसनीपूर्ण खुलासा : ‘सर्वोच्चबाटै एकता तोडाएर व्यवस्था मास्दै अर्को संविधान लाद्ने सूचना पोहोरै पाएको थिएँ’

आफ्नै पार्टी अध्यक्षलाई छाडेर प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै हस्ताक्षर गर्नुपर्नाको कारणबारे नेकपा (एमाले) का उपमहासचिव घनश्याम भुसालले सामाजिक सञ्जालबाटै ‘स्पष्टीकरण’ दिएका छन् ।

शनिबार सामाजिक सञ्जाल ‘फेसबुक’ मा ‘स्ट्याटस’ लेख्दै एक सांसदको हिसाबले आफूले मर्यादा उल्लंघन गरेको स्वीकार गर्दै अहिलेको व्यवस्था र संविधान बचाउनका लागि आफूसँग त्यसको विकल्प नभएको जिकिर उनले गरेका छन् । ‘अहिले नेकपा (एमाले) का केही सांसदहरूले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरे भनेर विरोध वा टिप्पणी भएको छ,’ भुसालले लेखेका छन्– ‘एउटा सांसदको हिसाबले हेर्दा मबाट संसदीय मर्यादा उल्लंघन भएको स्वीकार गर्छु । तर, हाम्रो संविधान र राजनीतिका लागि मैले उल्लंघन विकल्प रोज्नुपर्ने ठाउँमा पुगें ।’

करिब एक वर्ष अगाडि एक राजनीतिककर्मीले आफूलाई बताएअनुसार नै देशको राजनीतिक कोर्स अघि बढेको र त्यसअनुसार अहिलेको व्यवस्था र संविधानलाई असफल बनाउनेतर्फ लगिँदै गरेको दावी उनले गरेका छन् । गतवर्ष प्रधानमन्त्री ओलीले दल विभाजन गर्ने अध्यादेश ल्याएकै भोलिपल्ट एक राजनीतिकर्मीले आफूलाई सुनाएको र अहिले त्यही अनुसार भइरहेको भुसालको दावी छ ।

उनका अनुसार ती व्यक्तिले नेकपाको विभाद अब कहिल्यै नमिल्ने, अदालतबाट एमाले–माओवादी छुट्याउने, निर्वाचन घोषणा गरिने तर नहुने, त्यसपछि देशमा अन्योलको अवस्था हुँदै नयाँ संविधानको कोर्सतर्फ अघि बढ्ने कुरा उनले सुनाएको र अहिले सोहीअनुसार देश अघि बढ्न लागेको दावी भुसालले गरेका छन् ।

घोषणा गरिएको निर्वाचन हुँदै नहुने र भए पनि निश्पक्ष नहुने उनको आँकलन छ । यही षडयन्त्रलाई असफल पार्न आफूले देउवालाई प्रधानमन्त्री बनाउने मागमा हस्ताक्षर गरेको ‘स्पष्टीकरण’ दिँदै भुसालले लेखेका छन्– ‘मेरो निर्णय लोकतान्त्रिक स्थिरताका साथ बाँच्न चाहने नेपालको आकांक्षाको पक्षमा हो ।’

यस्तो छ भुसालको ‘स्पष्टीकरण’, जस्ताको तस्तै–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर