newskoseli.Com

१० दिन थपिँदै ‘खुकुलियो’ निषेधाज्ञा : के–के गर्न पाइने, के–के नपाइने ? (आदेशको पूर्णपाठ)

राजधानी उपत्यकामा जारी निषेधाज्ञा १० दिन थप गरिएको छ । बुधबार बसेको काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाको बैठकले निषेधाज्ञा ‘खुकुल्याउँदै लम्ब्याउने’ निर्णय गरेको हो ।

उपत्यकामा अब जेठ ३१ सम्म निषेधाज्ञा कायम रहने भएको छ । वैशाख १६ देखि जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ देखि थप कडा पारिएको थियो । जेठ १४ देखि बन्द गरिएका खाद्यान्न एवं किराना पसल तथा डिपार्टमेन्ट स्टोरहरु अब भने खोल्न दिइने निर्णय भएको छ । किराना पसल र डिपार्टमेन्ट स्टोरहरु बिहान ९ बजेसम्म खोल्न पाइने भएको हो ।

अब सार्वजनिक निर्माणकार्य समेत खुला गर्ने निर्णय भएको छ । सार्वजनिक निर्माण बन्द हुँदा सामग्री ढुवानीका सवारी साधन पनि रोकिएका थिए । निर्माण सामग्री भने राति मात्रै ढुवानी गर्न दिइने भएको छ ।

के–के गर्न पाइने, के–के नपाइने ? यस्तो छ प्रजिअको आदेश–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर