newskoseli.Com

महतोको आपत्तिजनक अभिव्यक्तिविरुद्ध एमालेका १५ नेताको आपत्ति (संयुक्त वक्तव्यसहित)

संसदभित्र अल्पमत पुष्टि भएर अपदस्थ भैसकेका कामचलाउ प्रधानमन्त्री खड्ग ओलीले शुक्रबार उपप्रधानमन्त्रीमा नियुक्त गरेका र जसपाबाट निष्काशित भइसकेका नेता राजेन्द्र महतोले पदबहाली गरेसँग दिएको आपत्तिजनक अभिव्यक्तिविरुद्ध एमालेका १५ शीर्ष नेताले संयुक्त विज्ञप्ति जारी गर्दै कडा विरोध गरेका छन् ।

वरिष्ठ एमाले नेता माधवकुमार नेपालसहित स्थायी कमिटीका १५ नेताले शनिबार संयुक्त वक्तव्य जारी गर्दै नेपाली जनताबाट अस्वीकृत बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई महतोले पुनः उठाएकोमा आपत्ति जनाएका हुन् । ‘विगतमा टुंगो लागिसकेको तथा संविधानसभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई पुनः दोहोर्याई यसका लागि कथित मुक्ति संग्रामको कुरा गरी राष्ट्रिय हित र अखण्डताविरोधी अभिव्यक्ति दिनु निन्दनीय छ’– संयुक्त वक्तव्यमा उल्लेख छ ।

महतोको सो अभिव्यक्ति संविधानको धारा ३ मा उल्लेखित ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधितामा रहेका समान आकांक्षा र नेपाल राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो’ भन्ने व्यवस्थाको विरुद्ध रहेको एमाले नेताहरुको ठहर छ । महतोको संविधानविरोधी सो अभिव्यक्तिबारे स्वयं प्रधानमन्त्री ओलीले नै जवाफ दिर्नुर्ने र स्पष्ट पारिनुपर्ने १५ नेताको माग छ ।

यस्तो छ संयुक्त प्रेस वक्तव्य–

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर