newskoseli.Com

‘ओलीले अदालतलाई धम्क्याए, राष्ट्र नै खतरामा पारे’ : ५ पूर्वप्रधानमन्त्री (संयुक्त विज्ञप्तिसहित)

नेपालका पाँच पूर्वप्रधानमन्त्रीहरूले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै अहिलेका कामचलाउ प्रधानमन्त्री खड्ग ओलीले अदालतलाई धम्क्याएको बताएका छन् । ओलीका अनेकौं बदमासीको दृष्टान्त दिँदै त्यसो नगर्न ओलीलाई उनीहरुले चुनौती समेत दिएका छन् ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, डा. बाबुराम भट्टराई, माधवकुमार नेपाल र झलनाथ खनालले संयुक्त विज्ञप्ति जारी गर्दै ओलीले मनपरी ढंगले मन्त्रिपरिषद् विस्तार गरेर सत्तालिप्साको कुरुप स्वरुप प्रदर्शन गरेको बताएका हुन् । ‘मन्त्रिपरिषदको मनपरी किसिमले पटक(पटक विस्तार गर्ने, यसरी विस्तार गर्दा नेपालको राजनीतिक इतिहासमा कहिल्यै नभएको सत्तालिप्साको कुरुप स्वरुप प्रदर्शन गर्ने काम भएका छन्’– विज्ञप्तिमा भनिएको छ ।

ओलीले महान्यायाधिवक्तामार्फत अदालतलाई धम्काएको पाँच पूर्वप्रधानमन्त्रीको भनाइ छ । ‘सर्वोच्च अदालतलाई पार्टीको बैठकबाट मात्र होइन, महान्यायाधिवक्तामार्फत धम्क्याउने जस्ता अलोकतान्त्रिक कार्यहरु प्रधानमन्त्री केपी ओलीबाट भएका छन्, हामी यस्ता कार्यहरुको भर्त्सना गर्दछौं’– संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ पाँच पूर्वप्रधानमन्त्रीको संयुक्त विज्ञप्ति–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर