newskoseli.Com

मेलम्चीमा भीषण बाढीपहिरो : दर्जनौ बेपत्ता, ठूलै जनधन क्षतिको आशंका !

मंगलबार दिनभर र राति समेतको अविरल वर्षाका कारण सिन्धुपाल्चाकको मेलम्ची (इन्द्रावती) नदीमा आएको बाढी एवं त्यस आसपास गएको पहिरोले दर्जनौ मानिस बेपत्ता बनाएको आशंका गरिएको छ ।

हेलम्बु– १ स्थित नाकोटेमा साँझ करिव ६ बजेतिर गएको पहिरोले रोकिएको पानीले माटो छिचोली बाढी गएको हो । परीक्षणक्रममा रहेको मेलम्ची आयोजनाको सुरुङको पानी आजै खोलामा छोडिएको थियो भने नदीमा आएको बाढीले हेलम्बु क्षेत्रका दर्जनौ बढी मानिसलाई बगाएको हुनसक्ने अनुमान गरिएको छ ।

बाढीले हेलम्बु–२ किउल, ग्याल्थुम, र मेलम्ची नदी आसपासका क्षेत्रहरु बगाएका छन् भने टिम्बुबजार, चनौटे बजारहरु त्यसको त्रासमा बसेको सेराकी सिता गौतमले जानकारी दिएकी छन् । हेलम्बुमा रहेको प्रहरी कार्यालय भवनसम्म बाढी पसेको र नदीको मुहानस्थल नाकुतेबाट नै बाढी आएकाले यसको क्षतिको यकिन नभएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिएका छन् । बाढीले केही घरहरु बगाएको बताए पनि तथांक नभएको उनले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर