newskoseli.Com

मन्त्रिमण्डल पुनर्गठन सर्वोच्चद्वारा बदर : यी हुन् १३ र १९ दिनमै पद गुमाउने २० मन्त्री (नामावलीसहित)

दिनदिनै र जताततै संविधान, कानुन र राजनीतिक मूल्य–मान्यताको धज्जी उडाउँदै राष्ट्र र जनताविरूद्ध निरन्तर अपराध गर्दै आएका कामचलाउ प्रधानमन्त्री खड्ग ओलीलाई सर्वोच्च अदालतले मंगलबार अर्को झापड लगाइदिएको छ ।

प्रतिनिधिसभामा विश्वासको मत गुमाएर अल्पमत पुष्टि भइसकेका अनि आफैंले प्रतिनिधिसभा ‘विघटन’ गरेर ६ महिनाभित्रै चुनावको घोषणा समेत गरेका कामचलाउ प्रधानमन्त्री ओलीले आफू कामचलाउ बनिसकेपछि ठूलो संख्यामा मन्त्रीहरूको फेरबदल गरेर दुई–दुई पटक मन्त्रिमण्डल पुनर्गठन गरेका थिए । तर, सर्वोच्चले मंगलबार कामचलाउ प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनर्गठन र विस्तार गर्न नमिल्ने भन्दै २० जना मन्त्रीलाई मन्त्रीका रूपमा कामकाज गर्न नदिनू भन्दै अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चको यो निर्यणसँगै कामचलाउ प्रधानमन्त्री खड्ग ओली नेतृत्वको मन्त्रिपरिषदमा पछिल्लो पटक सहभागी २० मन्त्री स्वतः पदमुक्त भएका छन् । पदमुक्त भएका २० जनामध्ये केहीले १३ र केहीले १९औं दिनमा दिनमै पद गुमाएका छन् । जेठ २१ मा सपथ लिएका मन्त्रीहरु १९ दिन जिम्मेवारीमा रहे भने जेठ २७ मा सपथ लिएका मन्त्रीहरु १३ दिनमै जिम्मेवारीमुक्त भए ।

यी हुन् १९औं दिनमा पदमुक्त भएकाहरु

राजेन्द्र महतो
शरतसिंह भण्डारी
अनिलकुमार झा
लक्ष्मणलाल कर्ण
विमलप्रसाद श्रीवास्तव
उमाशंकर अरगरिया
चन्दा चौधरी
एकवाल मिया
चन्द्रकान्त चौधरी
रेणुका गुरुङ
रघुवीर महासेठ
शेरबहादुर तामाङ

यी हुन् १३औं दिनमा पदमुक्त भएकाहरू

राजकिशोर यादव
नैनकला थापा
ज्वालाकुमारी साह
नारदमुनी राना
मोहन बानियाँ
आशाकुमारी विक
खगराज अधिकारी
गणेश पहाडी

यस्तो छ अन्तरिम आदेशको पूर्णपाठ–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर