newskoseli.Com

‘माधव नेपाललाई अब एमालेमा ठाउँ छैन’ : खड्ग ओलीको ‘घोषणा’ !

अपदस्थ प्रधानमन्त्री एवं एमाले अध्यक्ष खड्ग ओलीले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाईएमाले पार्टीमा अब कुनै ठाउँ नभएको ‘घोषणा’ गरेका छन् । समानान्तर दुई धारमा विभाजित एमाले एकता भएको भन्दै एकता कार्यदलमा दसबुँदे सम्झौता भएका साता नबित्दै अध्यक्ष ओलीले यस्तो ‘घोषणा’ गरेका हुन् ।

अनेकौं तिक्डमका बावजुद प्रधानमन्त्री पद गुमेपछि सरकारी निवास बालुवाटार छाडेर बुधबार भक्तपुरको बालकोटस्थित निजी निवास फर्किएका ओलीले घरको बरण्डाबाट आफ्नो समूहका समर्थहरूलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले ‘आत्मालोचना गरे र गल्ती स्वीकारे’ पनि अब पार्टीमा कुनै ठाउँ नदिने घोषणा गरेका हुन् ।

वरिष्ठ नेता नेपालको चर्को आलोचना गर्दै विपक्षी गठबन्धनमा लागेर आफ्नो नेतृत्वको सरकार ढाल्ने माधव नेपाललाई पार्टीमा कुनै ठाउँ नभएको ओलीले बताए । ‘माधव नेपालजस्ता लाजशरम हराएका मान्छेको पछाडि लाग्ने केही व्यक्तिहरु अब सच्चिएर पार्टीमा काम गर्न चाहन्नुहुन्छ भने काम गर्न दिन्छौं’, ध्वाँस दिँदै ओलीले भने– ‘तर, माधव नेपालको हकमा आत्मआलोचना, गल्ती–कमजोरी जेसुकै स्वीकारे पनि पार्टीमा अब कुनै ठाउँ छैन ।’

‘अहिलेको यो परिस्थिति निर्माण गर्ने’ नै माधव नेपाल भएको आरोप लगाउँदै ‘शीतलनिवासमा देउवाको सपथमा सहभागी भएर खुसीयाली मनाएको’ ओलीले नेपालप्रति कटाक्ष गरे । ओलीले बालुवाटार छाड्दै गर्दा उनका समर्थकहरू भीड लागेका थिए ।

हजारौं मोटरसाइकल र गाडीका साथ ‘स्कर्टिङ’ गरी ओलीलाई बालकोट पुर्याउने उदघोष ओली पक्षधर कार्यकर्ताहरुले सोमबार नै गरेका थिए । ओलीपक्षीय नेताहरुकै निर्देशनअनुसार ओली समूहका सयौं नेता–कार्यकर्ता उनलाई ‘स्वागत’ गर्न सरकारी निवास बालुवाटारदेखि बालकोटस्थित निजी निवाससम्मै लामबद्ध भएर झुम्मिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर