newskoseli.Com

प्रचण्ड–माधव भेटवार्ता : के–के भए कुराकानी ?

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालबीच शनिबार भेटवार्ता भएको छ । वरिष्ठ नेता नेपाललाई भेट्न प्रचण्ड कोटेश्वरस्थित नेपालको निवासमा पुगेका हुन् ।

दुई शीर्ष नेताबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको जानकारी प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले दिए । ‘अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच पछिल्लो राजनीतिक विषयमा छलफल गर्न भेट भएको हो,’ सापकोटाले भने– ‘भोलिदेखि संसद् चल्ने भएकाले उहाँहरुबीच त्यसैबारे छलफल भयो ।’

पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आइतबार अपराह्न ४ बजेका लागि आह्वान गरिएको छ । खड्ग ओली नेतृत्वको सरकारको सिफारिसमा विघटन गरिएको प्रतिनिधिसभा असार २८ मा सर्वोच्च अदालतले पुनर्स्थापना गराएको हो । विघटनविरूद्ध निवेदकहरुको मागअनुसार सर्वोच्चले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेसँगै २९ असारमा देउवाले पद समालिसकेका छन् ।

संविधानवमोजिम आफू नियुक्त भएको महिना दिनभित्रै देउवाले संसदमा विश्वासको मत हासिल गर्नुपर्ने छ । माओवादी केन्द्र, कांग्रेस, एमालेको खनाल–नेपाल पक्ष जसपाको समर्थनमा देउवा प्रधानमन्त्री नियुक्त भएका हुन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर