newskoseli.Com

केन्द्रीय समितिको बैठक सम्पन्न : के–के निर्णय लियो माओवादी केन्द्रले ? (प्रस्तावसहित)

शनिबार सुरू भएको माओवादी केन्द्र केन्द्रीय समितिको बैठक आइतबार सम्पन्न भएको छ । बैठकले अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत ८ पाने राजनीतिक–सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

माओवादी केन्द्रले समसामयिक विषयमा छबुँदे प्रस्ताव समेत पारित गरेको छ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले प्रतिगमनको खतरा कायमै रहेको निष्कर्ष निकालेको छ । शुक्रबारबाट सुरु बैठक शनिबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा प्रस्तुत राजनीतिक–संगठनात्मक प्रस्ताव र विधान संशाेधन प्रस्ताव सर्वसम्मत पारित भएर सकिएको नेता नारायणकाजी श्रेष्ठले बैठकपछि जानकारी दिए ।

साथै बैठकले विधान संशोधन र समसामयिक प्रतिवेदन पनि पास गरेको जानकारी श्रेष्ठले दिए । ‘प्रतिगामी खतरा कायमै रहेको र सजग भएर अघि बढ्नुपर्ने र राष्ट्रिय एकताका लागि वाम–लोकतान्त्रिक सहकार्यलाई निरन्तरता दिनु आवश्यक छ भन्ने निष्कर्ष केन्द्रीय समितिको बैठकले निकालेको छ’– बैठकका निर्णयबारे जानकारी दिँदै नेता नारायणकाजी श्रेष्ठले भने । बैठकले पुस दोस्रो साता पार्टीको राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ ।

यस्ता छन् माओवादीले पारित गरेका समसामयिक प्रस्तावहरू–

  1. महाकाली नदीमा तुइन काटेर नेपाली युवाको मृत्यु भएको दुई हप्ता भयो । यसबारे भारतसँग वार्ता गर्न र क्षतिपूर्तिका लागि सहल गर्न सरकारसँग माग गर्ने ।
  2. बेलायतमा गोर्खा सैनिकहरुले गरिरहेको आमरण अनसनमा ऐक्यबद्धता जनाउने । बेलायत सरकारसँग तत्काल वार्ताको पहल गर्न सरकारसँग माग गर्ने ।
  3. कोरोनाको तेस्रो लहरको खतरा देखिएको हुनाले त्यसको रोकथामको तयारी गर्न, जनतालाई खोपको प्रवन्ध गर्न र समग्र अर्थतन्त्रको पुनरुत्थानको माग सरकारसँग गर्ने ।
  4. सम्पूर्ण पार्टी पङ्क्तिलाई स्वास्थ्य मापदण्ड अपनाउँदै महामारीविरुद्ध जुध्न र देशका लागि योगदान गर्न आह्वान गर्ने ।
  5. बाढी–पहिरोबाट पीडितहरूको राहत उद्धार र पुनर्निर्माणमा सरकारको ध्यानाकर्षण गर्ने ।
  6. अफगानिस्तानमा रहेका नेपालीहरुको अवस्थाबारे जानकारी गराउन सरकारसँग माग गर्ने ।

यस्तो छ प्रचण्डद्वारा प्रस्तुत भई पारित भएको राजनीतिक–सांगठनात्मक प्रस्ताव–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर