newskoseli.Com

एमाले केन्द्रीय कमिटी बैठक : दुर्गा प्रसाईंसहित केन्द्रीय कमिटीमा थपिए को–को ?

नेकपा (एमाले) केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक खड्ग ओलीको अध्यक्षतामा भक्तपुरस्थित जर्मनहोम पार्टी प्यालेसमा चलिरहेको छ । पहिलो दिनको बैठकले विभिन्न नौ विषयमा निर्णय गरेको छ भने दोस्रो दिन आइतबार थप छ एजेन्डामा निर्णय हुने भएको छ ।

आइतबारको बैठकमा अध्यक्ष ओलीले विवादास्पद व्यापारी दुर्गा प्रसाईंसहित विभिन्न ४४ जनालाई केन्द्रीय कमिटीको सदस्यमा मनोनीत गर्न प्रस्ताव गरेको जानकारी एक नेताले न्युजकोसेलीलाई दिएका छन् । ती नेताका अनुसार पुरूपतर्फबाट दुर्गा प्रसाईं, दल फडेरा, ऐन महर, मानवीर राई, चन्द्रमोहन गौचन, रतनाथ योगी, रमेश पौडेल, पदम गिरी, सूर्य पाठक, यज्ञ बोगटी, हरि घिमिरे, युवराज बास्तोला, विशाल भट्टराई, उद्धव रेग्मी, बद्री न्यौपाने, रुपनारायण श्रेष्ठ, प्रेम दंगाल, हरिकृष्ण व्यञ्जनकार, भीम केसी, लालबाबु पण्डित, सुभास देवकोटा, चुडादेव सिंह, रेशम लामा, गोविन्द दुवाल, सहदेव बोगटी, बालसिंह काउछा, कृष्ण केसी, चन्द्रबहादुर विक ​विषमलाल अधिकारी तथा महिलातर्फबाट इन्दिरादेवी गौतम, सरस्वती चौधरी, यमुना रोका, उमा कोइराला, कल्पना चापागाईँ, आशा विक, नैनकला ओझा, मन्जु गुरुङ, विमला अर्याल, इन्दिरा सञ्जाल, शान्ति अधिकारी, रुक्मिणी राठा, सरस्वती यादव, तारादेवी गुरुङ र गीता कार्कीलाई केन्द्रीय सदस्यमा मनोनयन गर्न ओलीले प्रताव राखेका छन् ।

यो पनि पढ्नुहोस्–
९९ सदस्यीय एमाले पोलिटब्युरोमा को–को ? (नामावलीसहित)

एमाले केन्द्रीय कमिटीको पहिलो दिनको बैठक १५ मध्ये ९ एजेन्डामा छलफल गरेर निर्णयमा पुगेको र दाेस्राे दिनको बैठकले केन्द्रीय कमिटीमा मनोनयन, पोलिटब्युरो गठन, स्थायी कमिटी गठन, केन्द्रीय सदस्यको कार्यविभाजनलगायत ६ एजेन्डामा छलफल गरेर निर्णय गर्ने जानकारी एमाले उपमहासचिव प्रदीप ज्ञवालीले दिएका छन् ।

पहिलो दिनको बैठकले पुस २३ मा जिल्ला अधिवेशन र माघ ८ मा प्रदेश अधिवेशन तथा फागुन मसान्तसम्म सबै जनवर्गीय सङ्गठनको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो । साेही बैठकले सल्लाहकार परिषदको अध्यक्षमा अमृतकुमार बोहोरालाई चयन गर्नुका साथै विधानमा आवश्यक सम्पादन गरी प्रकाशन गर्न र नियमावली संशोधन गर्न उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा खगराज अधिकारी र रमेश बडाल सदस्य रहने गरी तीन सदस्यीय कार्यदल समेत गठन गरेको छ ।

बैठकले आगामी पाँच वर्ष एमाले कार्यालय च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सञ्चालन गर्ने र पाँच वर्षभित्र बल्खुमा प्रविधिमैत्री पार्टी कार्यालयको नयाँ भवन निर्माण सम्पन्न गरेर सर्ने, आगामी पुसभरिमा जिल्लामा आवश्यक तयारी गरेर माघ र फागुनभरिमा पार्टी विस्तार तथा पार्टी प्रवेश कार्यक्रम गराउँदै महाधिवेशनका सन्देश समेत प्रवाह गर्ने अभियान चलाउने निर्णय गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर