newskoseli.Com

रिक्सा चालकलाई लात्तिले हिर्काउँने ट्राफिक प्रहरी कारबाहीमा

पछिल्लो समय सामाजिक सञ्जालमा एउटा फोटो निकै भाईरल भइरहेको छ । एक रिक्सा चालकलाई ट्राफिक प्रहरी जवानले लात्तिले हिकाउँदै गरेको फोटोले सबैको ध्यान केन्द्रित गरेको छ । उक्त फोटो विराटनगरको जलजला चोकमा रिक्सा चालक कुट्ने ट्राफिक जवानको हो । अब उनी कारबाहीमा पर्ने भएका छन्।

रिक्सा चालकलाई लात्तीले हान्दै गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेपछि इटहरीस्थित क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले कारबाही प्रक्रिया थालेको  हो।

क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका एसपी पवनकुमार गिरी रिक्सा चालकलाई कुटपिट गर्नु गलत बताउँदै चालक कुट्नेमाथि कारबाहीप्रक्रिया सुरु गरिसकेको जानकारी दिएका छन् । चालक कुटपिट गर्ने ट्राफिक प्रहरी जवानलाई स्पष्टीकरण सोधेर कारबाहीप्रक्रिया अघि बढाइसकेको गिरीले जानकारी दिए। उनले मातहतका सबै ट्राफिक प्रहरीलाई व्यवहार सुधार्न सर्कुलर पनि पठाइसकेको बताए।

गिरीले सामाजिक सञ्जालमार्फत पनि ट्राफिक प्रहरीका तर्फबाट घटनाबारे धारणा सार्वजनिक गर्ने बताए। चालक कुट्ने प्रहरीलाई प्रहरी ऐन अनुसार कारबाही गरिने ट्राफिक कार्यालय मोरङका प्रमुख धनप्रसाद सिवाकोटीले बताएका छन् । उक्त घटना जाम हटाउनेक्रममा भएको हो ।

विराटनगरको जलजला चोकस्थित एकतर्फी सडकमा चालकले रिक्सा पार्किङ गरेको देखेर रिक्सा हटाउन नजिकैका ट्राफिक प्रहरीले सिठ्ठी बजाए। सिठ्ठी बजाउँदा रिक्सा चालकले रिक्सा हटाएनन्। रिक्साको हावा खोल्न पुगेका ट्राफिक प्रहरीलाई देखेपछि मिचेर रिक्सा अगाडि बढाउँदा प्रहरीको हातमा चोट लाग्यो। चालकले चोट लाग्नेगरी रिक्सा अगाडि बढाएपछि रिसाएका ट्राफिक प्रहरीले चालकलाई व्यस्त चोकमै लात्तीले हिर्काएका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर