newskoseli.Com

सहमति भए प्रधानमन्त्री बन्न तयार छु : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले विषय मिल्नेसँग सहकार्य गरेर नयाँ सरकार गठन हुने बताएका छन् । भ्रेपलाञ्चोकको उग्रचण्डी, नालामा साेमबार सहिद ढोका उद्घाटनपछि उनले राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने औँल्याउँदै आफ्ना नाममा सहमति भए आफू राष्ट्रिय सरकारको नेतृत्व गर्न तयार रहेको बताए ।

उनले सरकार परिवर्तनको विषयलाई हल्का रुपमा नलिन एमालेलाई र माओवादी केन्द्रसँग मिलेर एमालेलाई देखाइदिने सोच त्याग्न कांग्रेसलाई आग्रह गरे । “संविधान कार्यान्वयन गर्न नदिन विभिन्न शक्तिले चलखेल गरिरहेका छन्, यस्तो बेलामा राष्ट्रिय सहमतिकै आवश्यकता छ” अध्यक्ष दाहालले भने ।

“सरकारले भूकम्पपीडितका पक्षमा एक प्रतिशत पनि काम गरेन”– सत्तारूढ दलका नेता दाहालले भने ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर