newskoseli.Com

राष्ट्रपतिद्वारा भाइचारा, मेलमिलाप, एकता र शान्तिको अपिल

राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ईद उल फितरको अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली इस्लाम धर्मावलम्बीहरुमा शुभकामना प्रकट गर्दै भाइचारा, मेलमिलाप, एकता र शान्तिको अपिल गरेकी छन् ।

राष्ट्रपति कार्यालयले न्युजकोसेलीलाई प्रेषित गरेको विज्ञप्तिमा भनिएको छ– ‘इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ईद उल फितरको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृिद्धको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

IMG_0001विज्ञप्तिमा अगाडि भनिएको छ– ‘धार्मिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा मनाइने ईद उल फितर जस्ता विशेष पर्वले देशभित्र वसोवास गर्ने विभिन्न जातजाति, भाषाभाषी र समुदायबीच आपसी मेलमिलाप, सद्भाव र भाइचाराको प्रबद्र्धन गर्दै आफ्ना ऐतिहासिक एवम् मौलिक संस्कृति र परम्पराको संरक्षण तथा सम्बद्र्धन गर्न महत्वपूर्ण योगदान पु¥याएका छन् । यसले हामीलाई विविधताबीच एकताको भावना प्रत्याभूत गरेको छ ।’

असार २३ गते बिहीबारको मिति उल्लेखित राष्ट्रपति भण्डारीद्वारा विज्ञप्तिको अन्त्यमा उल्लेख गरिएको छ– ‘रमादानको अवसरमा लामो उपवास बसेर आत्मा शुद्धीकरण गर्ने र आफन्तहरुबीच खुसी साटासाट गरी मनाइने यस पर्वले हाम्रो आत्मा शुद्ध भई आपसी सद्भाव र सहिष्णुता अभिवृद्धि गर्न अझ बढी सहयोग पुर्याउने हुँदा यो चाडले हामी सबैमा भाइचारा, मेलमिलाप, एकता र शान्तिको प्रेरणा प्रदान गर्न सकोस् भनी हार्दिक कामना गर्दछु ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर