newskoseli.Com

अझै विस्तार हुँदै जम्बो मन्त्रीपरिषद

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार ढलेर नयाँ सरकार बन्ने कुरा हल्ला मात्रै भएकाे बताएका छन् । उनले केही दिनभित्र यही मन्त्रीपरिषद विस्तार हुन सक्ने बताएका छन् ।

भूमिसुधार तथा व्यवस्थापन मन्त्रालयद्वारा बिहीबार आयोजित ‘भूमि व्यवस्थापनमा देखिएका चुनौती र समाधान’ विषयको राष्ट्रिय परामर्श गोष्ठीमा प्रधानमन्त्री ओलीले भने– “सरकार परिवर्तन हुने कुरा हल्ला मात्रै हो । यो दायाँबायाँ हुँदैन ।”

आफ्ना नीति तथा कार्यक्रमअनुसारकै योजना सरकारले कार्यान्वयन गर्ने दृढता व्यक्त गर्दै अाेलीले भूमिसम्बन्धी समस्या पहिचान गरी समाधानका लागि उपयुक्त बाटो पहिल्याउन गोष्ठीमा हुने छलफल उपयोगी हुने विश्वास व्यक्त गरे ।

भूमिसुधार तथा व्यवस्थापनमन्त्री रामकुमार सुब्बाले मुलुकमा सबै नागरिकको अचल सम्पत्तिको सुरक्षा गर्ने दायित्व आफ्नो मन्त्रालयको भए पनि स्रेस्ता प्रणाली भरपर्दो नरहेको गुनासो गरे ।

राज्यमन्त्री विक्रमबहादुर थापाले जमिन नभएका सुकुम्बासी किसानलाई व्यवस्थित गर्ने चुनौती रहेको स्वीकार्दै जग्गाधनी पुर्जा पाउनैपर्ने कतिपयले अझै पाउन नसकेको बताए । सहायकमन्त्री दिनेश श्रेष्ठले भूमिसुधारका क्षेत्रमा विद्यमान समस्यालाई वैज्ञानिक ढङ्गमा समाधान गर्नुपर्नेमा जोड दिए ।

सांसद बद्री पाण्डेले भूमिहीनको स्वामित्वमा कसरी भूमि व्यवस्थापन गर्ने भन्ने विषयमा सबै दलको साझा दृष्टिकोण हुनुपर्ने बताए । अर्का सांसद केशव बडालले जमिनको उत्पादकत्व वृद्धि हुनेगरी भूमिहीनलाई सामाजिक न्यायका आधारमा भूमि वितरण गरिनुपर्ने सुझाव दिए । राष्ट्रिय योजना आयोगका सदस्य विजय कुँवरले सबैको प्रयासबाट बनेकाे भू–उपयोग नीतिलाई कार्यान्वयनमा लानुपर्नेमा जोड दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर