newskoseli.Com

आचारसंहिताको मस्यौदामाथि छलफल, अपूर्ण भयो : सरोकारवाला

प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता, २०७३ को मस्यौदा छलफलमा ल्याएको छ । परिवर्तित सन्दर्भमा ‘पत्रकार आचारसंहिता–२०६० (संशोधित तथा परिमार्जित– २०६४) ले सबै सञ्चारमाध्यमलाई समेट्न नसकेकाले सो आचारसंहिता सुझावका लागि छलफलमा ल्याइएको काउन्सिलले जनाएको छ ।

पहिलेको आचारसंहितामा पत्रकार तथा सञ्चारमाध्यमले गर्नु नहुने १४ बुँदा र गर्नुपर्ने ११ बुँदा उल्लेख थिए भने अहिलेको मस्यौदामा पत्रकार र सञ्चारमाध्यमको आचरणमा ३० बुँदा र सामाजिक दायित्वका रुपमा ८ बुँदा छलफलका लागि सार्वजनिक गरिएको छ ।

छलफलमा नेपाल बार एसोसिएसनका कोषाध्यक्ष ज्ञानरत्न शाक्यले पहिलेको तुलनामा अहिलेको आचारसंहिता अझै पृथक, बृहत् र परिमार्जित भएको हुँदा त्यसलाई सञ्चारमाध्यम र विज्ञको सुझावका आधारमा अगाडि बढाउनुपर्ने धारणा राखे।

पत्रकारद्वय ओम शर्मा र डा। कुन्दन अर्याल, मधेश पत्रकार समाजका अध्यक्ष मोहन सिंहलगायतले छलफलमा ल्याइएको आचारसंहिता अपूर्ण भएका कारण त्यसलाई हरेक हिसाबले पूर्ण बनाएर मात्र कार्यान्वयनमा ल्याउनुपर्ने धारणा राखे ।

उच्चस्तरीय मिडिया सुझाव समितिका अध्यक्ष काशीराज दाहालले काउन्सिलको आचारसंहितासँगै हरेक मिडियाले आ–आफ्नो आचारसंहिता बनाएर लागू गर्नुपर्ने धारणा राखे । मस्यौदा पत्रकार महासङ्घको समन्वयमा ल्याइएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा। महेन्द्र विष्ट र प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले मस्यौदामाथि सकारात्मक सुझावका लागि आग्रह गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर