newskoseli.Com

एमाले सचिव भन्छन्– प्रतिपक्षमा बस्छौं

नेकपा (एमाले) का सचिव प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकारले संसद्लाई विश्वास गर्ने दावी गर्दै त्यसै भएकाले सरकार र एमालेले संसदको जस्तोसुकै निर्णयलाई स्वीकार गर्ने विचार व्यक्त गरेका छन् ।

रफत सञ्चार क्लबले सोमबार आयोजना गरेको साक्षात्कारमा नेता ज्ञवालीले संविधान कार्यान्वयनका विषयमा एमाले अटल रहेकाले सरकारको मोहभन्दा पनि संविधानको रक्षाका लागि नयाँ सरकार निर्माणसँगै आफूहरू प्रतिपक्षमा बस्ने बताए ।

सचिव ज्ञवालीले भने– ‘संसद्ले गणितीय आधारमा गर्ने निर्णयलाई हाम्राे पार्टीले सहर्ष स्वीकार गर्छ ।’ फरक प्रसङ्गमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा बेला गरिएका सम्झौताको कार्यान्वयन हुन नसके त्यसले नेपाललाई २० वर्ष पछाडि धकल्ने विचार व्यक्त गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर