newskoseli.Com

बालुवाटारमा ५ बजेदेखि देउवा–दाहाल–अाेली बैठक !

सत्ता समीकरणको विषयलाई लिएर पछिल्लो समय आपसी तिक्तता बढेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वासको प्रस्ताव दर्ता गराएका प्रमुख दुई दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र हालै सत्ता गठबन्धनबाट बाहिरिएको नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाललाई ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि बोलाएका हुन् ।

साँझ ५ बजेबाट सुरु हुने बताइएको बैठकमा मुलुकमा सिर्जित समसामयिक राजनीतिक विषयमा कुराकानी हुने प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।

गठबन्धनको प्रमुख साझेदार माओवादी केन्द्रले गत असार २८ गते सरकारबाट बाहिरिने निर्णय गरेको थियो । त्यसको भोलिपल्ट प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारको नेतृत्वका लागि माओवादीलाई औपचारिक रुपमा समर्थन गर्ने निर्णय गरेपछि दुवै दलले वर्तमान प्रधानमन्त्री ओलीविरुद्ध व्यवस्थापिका–संसदमा अविश्वासको प्रस्ताव दर्ता गराइसकेका छन् ।

उक्त विषयलाई लिएर दुवै पक्षले संवैधानिक जटिलताका विषयमा कानुनविदहरुसँग आ–आफ्नै ढङ्गबाट परामर्श गरिरहेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर