newskoseli.Com

संसदीय अभ्यासलाई लिएर प्रमुख दलहरुबीच आरोप प्रत्यारोप

सरकारलाई दिएको समर्थन फिर्ता लिएर संसदमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीले केपी ओलीले राजीनामा दिनु राम्रो हुने बताएको छ ।

अल्पमतमा परेपछि प्रधानमन्त्रीले राजीनामा दिनु संसारभरको संसदीय मान्यता भएको माओवादी केन्द्रका नेता दीनानाथ शर्माको भनाइ छ । उनले प्रधानमन्त्रीले राजीनामा दिएर नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताए ।

प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने पक्षमा माओवादी केन्दसँग कांग्रेसको पनि एकमत छ । प्रधानमन्त्री ओलीले अल्पमतमा परेर पनि कुर्सी नछाडेको र सरुवा बढुवा, लगायत दीर्घकालिन असर पर्ने काम गरेको कांग्रेस नेता प्रकाश शरण महतको आरोप छ । तर सत्तारुढ दल नेकपा एमाले भने अविश्वासको प्रस्ताव दर्ता भइसकेकाले राजिनामा भन्दा अविश्वासको प्रस्तावको समाना गर्ने तयारीमा छ ।

उसले संसदबाट निर्वाचित प्रधानमन्त्रीको बहिर्गमनको छिनोफानो पनि संसदको मतविभाजनबाटै चाहेको छ । संसदमा अविश्वासको प्रस्ताव दर्ता गरेर प्रधानमन्त्रीको राजिनामा माग्नु उचित नहुने एमाले नेता गोकर्ण विष्टको तर्क छ ।

एकातिर अविश्वासको प्रस्ताव दर्ता गरेर प्रक्रिया थालनी गर्ने र अर्कोतिर प्रक्रिया शुरु नहुँदै प्रधानमन्त्रीको राजिनामा मागेर कांग्रेस र माओवादीले द्वैध चरित्र देखाएको कतिपयको बुझाई छ ।

सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा भोलि संसदमा मत विभाजन हुँदैछ । यस्तो अवस्थामा कुर्सी कुर्ने र राजिनामा माग्ने दुबैपक्षका तर्क निरर्थक भएको विश्लेषकहरु बताउँछन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर