newskoseli.Com

राष्ट्रलाई एकताबद्ध राख्न निकै ठूलो चुनौती : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले जातजाति, भाषाभाषी र भूगोललाई एकढिक्का बनाएर राष्ट्रिय स्वाधीनतालाई सुदृढ तुल्याउँदै राष्ट्रलाई एकताबद्ध राख्नु निकै ठूलो चुनौती रहेको बताएका  छन् ।

गोरखा–काठमाडौँ सम्पर्क मञ्चकाे, पाँचौँ एकता भेलालाई आज सम्बोधन गर्दै उनले भने– ‘‘संविधान घोषणा भएको छ, त्यसलाई परिमार्जन गर्दै कार्यान्वयन गर्ने ऐतिहासिक चुनौती छ, भूकम्पबाट क्षति भएका भवन तथा ऐतिहासिक सम्पदाको यथाशीघ्र पुनःनिर्माण गर्नुपर्ने चुनौती छ ।’’

आगामी २०७४ माघ ७ भित्र स्थानीय, प्रदेश र सङ्घीय संसद्को निर्वाचन गर्न सकिएन भने मुलुक ठूलो राजनीतिक र संवैधानिक दुर्घटनामा पर्नसक्ने खतरा रहेको बताउँदै  जनताको भावना र अपेक्षालाई पूरा गर्न आफू अठोटका साथ अघि बढेको उल्लेख गरेका छन्।

उद्घाटन र रिबन काट्ने कार्यक्रममा  हिँडियो भने जनताको अपेक्षा र राष्ट्रको आवश्यकता पूरा नहुने हुदाँ   कुरा कम गरौँ, काम केही गराँै भन्नेमा छु, अपवादबाहेक उद्घाटन र रिबन काट्नेजस्ता कामभन्दा राष्ट्र र जनताको अपेक्षा पूरा गर्नेमा केन्द्रित हुनका लागि तपाईंहरुको सहयोग चाहिएको बताएका छन् ।

टुक्रिएर १० वटा बन्न पुगेका माओवादी एक भएपछि अब हामीले आफूलाई तेस्रो पार्टीका रुपमा नहेरी एक नम्बर भइसक्यौँ भन्ने मनोबल र भावनाका साथ उभिन कार्यकर्तालाई निर्देशन दिँदै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहालले “समृद्धिको खाका कोर्न र एकताबद्ध हुने सङ्कल्प गर्न सकेनाँै भने जोखिम बढ्न गई दुर्घटनातर्फ जाने खतरा देखिएकाे बताएका छन् ।

सबैको उत्साहपूर्ण सहभागितामा जोखिमलाई निकास दिन आवश्यक रहेको बताउँदै माओवादीहरु सधैँ जोखिममा काम गर्न रुचाउने भए पनि सधँैभरि प्रत्येक जोखिमबाट सहजरुपबाट बाहिर निस्कन चुनौती हुन सक्नेतर्फ सचेत हुन आवश्यक रहेकाे बताएका छन् ।

छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्ध सन्तुलित ढङ्गबाट नयाँ उचाइमा पुर्‍याइनेअठोट व्यक्त गर्दै  मन्त्री दाहालल सन्तुलित रुपमा सम्बन्ध अघि बढाउनु पर्ने चुनौती छ, तर पनि नेपाल र नेपाली जनताको हित, विकास र समृद्धिमा सम्बन्ध सन्तुलित ढङ्गले परिचालनको सम्भावना बढेको कुरा उल्लेख गरेका छन् ।

त्यस्तै माओवादी केन्द्रका सचिवालय सदस्य अमृता थापामगरले ‘सुदृढ लालकिल्ला समृद्ध गोरखा जिल्ला’ नारालाई सफलीभूत तुल्याउन कार्यकर्ता पङ्क्ति एकढिक्का भएर अगाडि बढ्न आवश्यक रहेको बताएका छन् भने सोही पार्टीका अर्का सचिवालय सदस्य लेखनाथ न्यौपानेले आलोचनालाई गाली र समर्थन गर्दा पूजा गर्ने भनेर बुझ्ने प्रवृत्ति हटाउन आवश्यक रहेको बताउँदै विचार, नीति, कार्यक्रम, सिद्धान्त र व्यवहारलाई तालमेल मिलाएर जानुपर्नेमा जोड दिए  त्यसै गरि अर्का सचिवालय सदस्य हरि अधिकारीले स्वेच्छिकरुपले पार्टी छोड्ने प्रवृत्तिले कार्यकर्ता पङ्क्तिलाई अमिलो मन गर्न बाध्य बनाएको बताएका छन्।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा सुनिलबाबु श्रेष्ठले गोरखा जिल्लाको विकासका लागि सरकारले छुट्याएको बजेट र कार्यक्रम कार्यान्वयनको तौर तरिकाबारे जानकारी गराएका  थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर