newskoseli.Com

राजदूतको नाम फिर्ता गर्नु दाहाल सरकारको गल्ती : नेपाल

नेकपा (एमाले) का नेता माधवकुमार नेपालले अघिल्लो सरकारले सिफारिस गरेका १४ जना राजदूतको नाम फिर्ता लिएर अहिलेको सरकारले गल्ती गरेको बताएका छन् ।

रौटहट–काठमाडौँ सम्पर्क मञ्चको प्रशिक्षण तथा सम्मान कार्यक्रममा बोल्दै उनले संसदीय सुनुवाइ विशेष समितिमा सुनुवाइका क्रममा रहेका १४ जना राजदूतको नाम फिर्ता लिएर सरकारले दलहरुबीचको दूरी झनै बढाएको बताएका छन् ।

सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारले सिफारिस गरेका एमाले र नेकपा (माओेवादी केन्द्र)का कोटामा परेका १४ राजदूतको नाम सरकारबाट फिर्ता लिने निर्णय गरेको थियो ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले सरकारले गरेकाे राम्रो कामको साथ दिने भन्दै उनले अघिल्लो सरकारले गरेको सबै सम्झौता कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

नेता नेपालले संविधान कार्यान्वयनमा चुनौती थपिएको बताउँदै सबै दल मिलेर संविधान कार्यान्वयन गर्नुको विकल्प नभएको बताए।

निम गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मञ्चले प्रेस काउन्सिलका सदस्य गोविन्द चौलागार्इं, एसएलसीमा उत्कृष्ट अङ्क ल्याउने र रक्तदान गर्नेलाई समेत सम्मान गरिएको अध्यक्ष गौतमले जानकारी गराएका छन्।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर