newskoseli.Com

प्रधानमन्त्रीको प्रतिबद्धता : जनता र राष्ट्रले सम्झने काम गर्छु

New Prime Minister Pushpa Kamal Dahal assumes office in Singha Darbar of Kathmandu, on Thursday, August 4, 2016. Photo: RSS

प्रधानमन्त्री पुष्पकमल दाहालले जनता र मुलुकले पछिसम्म सम्झने काम गरेर देखाउने प्रतिबद्धता जनाएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा कास्कीको ढिकुरपोखरी–काठमाडौं समाजले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले मुलुकसामु संविधान कार्यान्वयन, शान्ति प्रक्रियाका बाँकी कामको पूर्णता, भूकम्पपछिको पुनर्निर्माण लगायतका महत्वपूर्ण कार्यभार रहेकाले ती काम पूरा गरेरै छाड्ने बताएका हुन् ।

प्रधानमन्त्री दाहालले भने– “अघिल्लोपटक ९ महिनामा नै सरकार छोड्नुपर्ला भन्ने लागेको थिएन, त्यसैले समयमा धेरै काम गर्न सकिएन तर यसपटक राष्ट्र र जनताले युगाैंसम्म सम्झनलायक काम गर्छु र मुलुकलाई एकताबद्ध बनाएर लैजान्छु ।”

प्रधानमन्त्रीले संविधानमा असन्तुष्टि जनाउँदै आएका दलको सहमतिमा संविधानको संशोधन, कार्यान्वयन, ३ वटा निर्वाचन सम्पन्न, सार्वजनिक सेवाको प्रभावकारिता र समृद्धि सरकारको प्रमुख प्राथमिकता रहेको बताए ।

प्रधानमन्त्री दाहालले भने– “मुलुकले आर्थिक समृद्धिको खाका खोजेको छ । त्यसका लागि परिणामुखी काम गर्ने पक्षमा छु । सबैको साथ र सहयोग रहोस् भन्ने कामना पनि गर्दछु ।”

उनले आफ्नो जन्मगाउँ ढिकुरपोखरीले शैक्षिक क्षेत्रमा ठूलो प्रगति गरेको भन्दै आधारभूत पूर्वाधार निर्माण र प्राविधिक क्षेत्रमा सहयोग उपलब्ध गराउने उल्लेख गरेको प्रधानमन्त्रीको सचिवालयले जारी गरेको प्रेसनोटमा उल्लेख छ ।

ढिकुरपोखरीका अगुवा एवम् समाजका पदाधिकारीले आगामी निर्वाचनमा कास्की क्षेत्र नं ४ बाट निर्वाचनमा उठ्न अपिल गर्दै पोलिटेक्निकल कलेज, भौतिक पूर्वाधार लगायतका क्षेत्रमा सहयोग गर्न आग्रह गरेका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर