newskoseli.Com

माओवादी केन्द्रमा फर्किए नयाँ शक्तिका नेता–कार्यकर्ता

नयाँ शक्तिका केन्द्रीय परिषद सदस्यसहित एउटा जिल्लाका पार्टी, युवा र महिला संयोजकसहित अधिकांश नेता–कार्यकर्ता माओवादी केन्द्रमै फर्केका छन् ।

केन्द्रीय परिषद् सदस्य तथा अछामका संयोजक लोकेन्द्र साउदको नेतृत्वमा नयाँ शक्तिको अछाम जिल्लाको २३ सदस्यीय जिल्ला समिति, युवाशक्ति र महिला संगठनका संयोजकसहित अधिकांश नेता–कार्यकर्ता माओवादी केन्द्रमा फर्केका हुन् ।

युवाशक्तिको जिल्ला संयोजक सोवचन साउद र महिला संयोजक ईश्वरी खड्कासहित युवा र महिला संगठनका अधिकांश जिल्ला सदस्य समेत केन्द्रमा फर्केका छन् ।

आफूहरुले कम्युनिस्ट विचारसहितको आर्थिक क्रान्तिको कल्पना गरेको तर नयाँ शक्तिले त्यस दिशातर्फ अघि बढ्ने विचार नअँगालेपछि माओवादीमै फर्किएको साउदले बताए ।

‘हामीले डा. बाबुराम भट्टराईको नेतृत्वमा कम्युनिस्ट विचारसहित नेपालको उन्नति र प्रगतिको कल्पना गरेका थियौं तर त्यस्तो भएन । माओवादी पृष्ठभूमिका नेता–कार्यकर्ताहरुले संगठनमा कुनै भूमिका खेल्न नसक्ने स्थिति सिर्जना गरिएको छ । नयाँ शक्तिलाई कम्युनिस्ट विचारविरोधीको झुन्ड बनाइएको छ, वर्गसंघर्षमा योगदान गरेका हामीजस्ता नेता–कार्यकर्ता त्यहाँ बस्नुको कुनै अर्थ र औचित्य छैन’ साउदले भने ।

सात नम्बर प्रदेश र जिल्लाका अधिकांश सदस्यहरु माओवादी केन्द्रमा फर्केका छन् । फर्कने सदस्यहरु लिला भण्डारी, दिपक रावल, सोवचन साउद, ईश्वरी खड्का, गोपाल थापा, विक्रम बुढा रहेका छन् ।

त्यसैगरी माओवादी केन्द्र फर्कने जिल्ला सदस्यहरुमा चक्र रावल, प्रकाश थापा, टेकबहादुर डकुल्ला, प्रकाश राना, प्रकाश खड्का, टिकाराम साउद, रुपबहादुर परियार, टेकबहादुर सुनार कार्की, ज्ञानेन्द्र साउद, डिल्ली टमटासहित १६ नेता–कार्यकर्ता छन् ।

महिला संयोजक खड्काले दिएको जानकारीअनुसार जिल्ला सदस्यहरु लक्ष्मी रावल, रम्बा विष्ट, डम्बरी साउद, रामदेवी खड्का, झरना खड्का, अमृता खड्का टंकेश्वरी साउद, पवता रावल, चन्द्र खड्कालगायत अधिकांश सदस्यहरुले नयाँ शक्ति परित्याग गरेका छन् ।

पहिलो चरणमा आफूहरु फर्केको र दोस्रो चरणमा बाँकी नेता–कार्यकर्ताहरु फर्किने जिल्ला संयोजक साउदले दावी गरे ।

नयाँ शक्तिबाट फर्कनेहरुलाई माओवादी केन्द्रले पनि एकताको भाव आउनेगरी समान जिम्मेवारी दिने बताएको साउदले जनाए । उनले माओवादी केन्द्रका ७ नम्बर प्रदेश इन्चार्ज लेखराज भट्टसहितका नेताहरुको बैठकले जिल्लादेखि केन्द्रसम्म समान हैसियत दिने निर्णय गरेको बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर