newskoseli.Com

‘अबको सङ्घर्ष सुशासन र समृद्धिका लागि’

प्रधानमन्त्री पुष्पकमल दाहालले अबको सङ्घर्ष सुशासन, समृद्धि र विकासका लागि हुनुपर्ने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान पश्चिमाञ्चल विकास मञ्चका प्रतिनिधिमण्डलसँगको भेटमा उनले राजनीतिक परिवर्तनका लागि लामो समय खर्चिएकाले अब आर्थिक समृद्धिको दिशामा अघि बढ्नुपर्नेमा जोड दिए।

“सुशासन, विकास र समृद्धिबिना राजनीतिक परिवर्तन दिगो हुनसक्दैन” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनका उप स्वकीय सचिव मनहरि तिमल्सिनाले भने ।

प्रधानमन्त्री दाहालले मधेस, पहाड र हिमाललाई जोडेर आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्दै छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गरी दुवै देशबाट नेपालको हितका पक्षमा काम गरी मुलुकलाई विकास समृद्धि र पुनःनिर्माणको दिशामा अघि बढाउनु आफ्नो प्राथमिकता भएको उल्लेख गरे ।

मञ्चका अध्यक्ष चन्द्र ढकालको नेतृत्वमा गएको मञ्चको प्रतिनिधिमण्डलले पश्चिमाञ्चल क्षेत्रको विकासका साझा अवधारणा र चुनौतीबारे प्रधानमन्त्रीलाई अवगत गराउँदै कठिन घडीमा बनेको सरकारलाई सफल बनाउन आफूहरुको पूर्ण सहयोग रहने जानकारी गराइएको मञ्चका महासचिव धर्मराज बरालले बताए।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर