newskoseli.Com

सत्ता लिर्इ शासन चलाउने चन्द माओवादीको उद्घोष

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले छिट्टै नै सत्ता कब्जा गर्ने उद्घोष गर्दै त्यस्तो सत्ताले मात्र देशलाई समृद्ध बनाउने दावी गरेको छ ।

सो पार्टीका स्थायी समिति सदस्य एवं प्रवक्ता खड्गबहादुर विश्वकर्माले राजधानीमा पत्रकार सम्मेलन गर्दै त्यस्तो दावी गरेका हुन् ।

आफ्नो पार्टीले जनतालार्इ विश्वासमा लिएर बलपूर्वक स्थापना गर्ने सत्ता मात्रै जनताको सत्ता हुने जिकिर गर्दै प्रवक्ता विश्वकर्माले पुँजीपतिहरुको सत्ताले देश र जनतालाई सधैं पराधिन बनाइराख्ने उल्लेख गरे । आइतबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा पार्टीको धारणा राख्दै उनले यी उद्घोष गरेका हुन् ।

देशभर तीव्र गतिमा क्रान्तिकारी शक्तिहरुबीच ध्रुवीकरण भइरहेको बताउँदै छरिएर रहेका क्रान्तिकारीहरु मंगलबार नेकपा माओवादीले उठाएको क्रान्तिको झन्डामुनि गोलबन्द हुने उनले जानकारी दिए ।

‘क्रान्तिकारीहरुबीच एकता मात्र नभई ध्रुवीकरण नै आजको आवश्यकता हो’, नेता विश्वकर्माले भने– ‘एकताले क्रान्तिकारी पार्टी भाँडमा जान्छ तर ध्रुवीकरण क्रान्तिको पक्षमा महत्वपूर्ण हुन्छ ।’ मंगलबार कम्युनिस्ट क्युक्लिअस नेपालका संयोजक हेमन्तप्रकाश ओलीसहितको टोली चन्द माओवादीमा एकताबद्ध हुने कार्यक्रम छ ।

‘विगतमा नेतृत्वमा आएको विचलन र आत्मसर्मणकारी चरित्रकै कारण विजयको नजिक पुगेर पनि माओवादी आन्दोलन अवरुद्ध हुन पुग्यो’, प्रवक्ता विश्वकर्माले भने– ‘त्यसपछि केही समयसम्म प्रयास गर्दा पनि नेतृत्वकै कारण क्रान्तिको झन्डा उठाउने काममा अवरोध पुगिरहेपछि हामीले कमरेड विप्लवको नेतृत्वमा माओवादी आन्दोलनको झन्डा दह्रोसँग उठाउने काम गरिरहेका छौं ।’

यसै झन्डामुनिको गोलबन्द भएर मात्र नेपालमा जनताको क्रान्ति सम्पन्न हुने विश्वकर्माको भनाइ छ । यसैबाट मात्र राष्ट्रिय स्वाधीनताको रक्षा र जनताको सत्ता स्थापना सम्भव हुने उनले बताए ।

वर्तमान सत्ता जनताको नभएको जिकिर गर्दै यो सत्ता स्वदेशी–विदेशी दलाल र पुँजीपतिहरुको निर्देशनमा चल्ने भएकाले देश र जनताको हितमा कहिल्यै काम गर्न नसक्ने आरोप उनले लगाए ।

अब माओवादीले सत्ता लिएर चलाउने दावी गर्दै प्रवक्ता विश्वकर्माले दलाल पुँजीपतिहरुको दोहोलो काढ्ने बेला आएको चेतावनी दिए । अहिले आत्मनिर्भर राष्ट्रिय पुँजी निर्माण तथा उत्पीडित जनताको पक्षमा, बाह्य हस्तक्षेप र राष्ट्रिय–अन्तर्राष्ट्रिय दलाल पुँजीपतिद्वारा निर्देशित सत्ताधारीका विरुद्ध क्रान्ति सुरु गर्दा सुरक्षाफौज पयोग गरेर बर्बर दमन गर्न शासकहरु हानाथाप गरिरहेको विश्वकर्माले उल्लेख गरे ।

‘हामी सत्ता त लिन्छौं नै त्यसपछि देश र जनता समृद्ध हुने क्रम तीव्र रुपमा अघि बढ्छ’, विश्वकर्माले भने– ‘त्यसबेला अहिलेका दलाल शासक के गर्छन् ? हेरौंला ।’

सोही पत्रकार सम्मेलनमा चन्द माओवादीका पोलिटब्युरो सदस्य एवं उपत्यका विशेष ब्युरो इन्चार्ज सन्तोष बुढाले पार्टी र ध्रुवीकरण प्रक्रियामा सहभागी भएका विभिन्न पक्षहरुको संयुक्त प्रेस विज्ञप्ति वाचन गरे ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता बुढाले भने– ‘विदेशी दलालको इशारामा बनेको सरकारले जनतालाई धोका दिने कामबाहेक केही गर्न सक्दैन ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर