newskoseli.Com

कृषि पेसालाई मर्यादित बनाउन निवृत्तिभरण

सरकारले किसानलाई ४ प्रकारमा वर्गीकरण गरेर निवृत्तिभरणको व्यवस्था गर्ने भएको छ । कृषि विकासमन्त्री हरिबोल गजुरेलले क्रान्तिकारी पत्रकार सङ्घ पाल्पाद्वारा साेमबार आयोजित पत्रकार सम्मेलनमा कृषि पेसालाई मर्यादित र सम्मानित बनाउनका लागि किसानलाई दिइने निवृत्तिभरणले तिनलाई उत्साह थप्ने बताए ।

‘जग्गा बाँझो राख्नेले भने पेन्सन पाउँदैन’ उनले भने– ‘कम्तिमा आठ घन्टा कृषि क्षेत्रमा योग्दान गर्ने, न्यूनतम उत्पादन गर्ने र भाडामा जग्गा लिएर कृषि उत्पादन गर्ने श्रमिकलाई समेत निवृत्तिभरण दिइने छ । कृषि उत्पादन गरेर राष्ट्रको सेवा गर्नेलाई सरकारले पेन्सनको व्यवस्था नगर्ने भन्ने कुरा हुँदैन ।’

मन्त्री गजुरेलले कृषिलाई यान्त्रिकीकरण र आधुनिकीकरण गरी रोजगारी सिर्जना गरेर विदेशमा रहेका नेपालीलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्ने नीति बनाउन लागिएको पनि बताए । चीन, जापान र भारतमा समेत राष्ट्रिय पुँजी कृषि क्षेत्रबाट नै भएको बताउँदै उनले नेपालमा पनि कृषि क्षेत्रबाट नै राष्ट्रिय पुँजी निर्माण गरिने उल्लेख गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर