newskoseli.Com

पूर्वमन्त्री पाण्डेको आग्रह : मुलुकको समृद्धिमा लागौं

नेकपा (एमाले) का नेता एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा पनि रोजगारीको प्रशस्त सम्भावना रहेको भन्दै युवालाई स्वदेशमै रहेर काम गरी मुलुकको समृद्धिमा लाग्न आग्रह गरेका छन् ।

नवलपरासीको गैंडाकोटमा रहेको विकू वचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा आइतबार आयोजित २६औं वार्षिकोत्सव एवम् विकू युवा सम्मेलनमा बोल्दै उनले देशको विकासका लागि युवा नै लाग्नुपर्ने बताए ।

नेता पाण्डेले विकू बचत तथा ऋण सहकारी संस्थाले स्वदेशमै लगानीको वातावरण सिर्जना गर्न अभिप्रेरित गरेको बताउँदै धन्यवाद ज्ञापन गरे ।

सो अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारले नेपालभित्रै रोजगारीको अवस्था सिर्जना गरी युवा जनशक्तिलाई पलायन हुनबाट रोक्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सफल व्यवसायीका अनुभवसहित प्रस्तुत गरिएका विभिन्न कार्यपत्रमाथि छलफल भयो । सम्मेलनमा नवलपरासी, चितवनसहित विभिन्न जिल्लाका २० देखि ४० वर्ष उमेर समूहका करिव ३ सय युवाको सहभागिता छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर