newskoseli.Com

माओवादीको आरोप– ‘जनआस्थाको समाचार : साम्राज्यवादीहरुको नुनको सोझो गर्ने हर्कत’

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले सो पार्टीका एक नेतासँग सम्बन्धित रहेर हालै जनआस्था साप्ताहिकमा प्रकाशित भएको समाचारलाई ‘साम्राज्यवादीहरुको नुनको सोझो गर्ने हर्कत’ भएको उल्लेख गर्दै समाचार विवरणप्रति गम्भीर आपत्ति जनाएको छ ।

‘पार्टीको केन्द्रीय आर्थिक विभागका सेक्रेटरी प्रेम दर्नालको नाम जोडेर काठमाडौंबाट प्रकाशित हुने जनआस्था साप्ताहिक पत्रिकाले प्रकाशन गरेको अत्यन्तै कपोलकल्पित, भ्रामक, असत्य र पूर्वाग्रहपूर्ण समाचारप्रति हाम्रो विभागको गम्भीर ध्यानाकर्षण भएको छ । पार्टी र पार्टीका नेताको चरित्र, प्रतिष्ठा र मर्यादामाथि आँच पुर्याउने गरी प्रकाशन गरिएको उक्त आधारहीन समाचारप्रति विभाग गम्भीर आपत्ति प्रकट गर्दै Press-Statement_Bikalpaत्यसको घोर भर्त्सना गर्दछ’, चन्द माओवादीको केन्द्रीय आर्थिक विभागका सेक्रेटरी विकल्पद्वारा आइतबारको मिति उल्लेख गरेर सञ्चारमाध्यमलाई सोमबार दिउँसो प्रेषित विज्ञप्तिमा भनिएको छ– ‘पत्रकारिताको सामान्य सिद्धान्त समेत ख्याल नगरी सुनियोजित रुपमा अरुबाट परिचालित हुनु अत्यन्तै निन्दनीय छ । यो कार्य क्रान्तिकारी आन्दोलनलाई भ्रमित तुल्याउने षड्यन्त्र र साम्राज्यवादीहरुको नुनको सोझो गर्ने हर्कत सिवाय अरु केही होइन ।’

‘नेपाली श्रमजीवी वर्ग र राष्ट्रको सेवामा समर्पित एवं स्थापित राजनीतिक व्यक्तित्वको चरित्रहत्या गर्ने अवसरवादी दलालहरुको दुश्साहस कहिल्यै सफल हुनेछैन’, नेता विकल्पले पत्रिकालाई चेतावनी दिँदै विज्ञप्तिमा लेखेका छन्– ‘सो गल्ती तत्काल सच्याउन समेत पत्रिकालाई आग्रह एवं सचेत गराउँदछौं । क्रान्ति र जनसमुदायका विरुद्धमा अवसरवादी र प्रतिक्रियावादीहरुका यस किसिमका षड्यन्त्रमूलक हर्कतहरुलाई हाम्रो पार्टी र नेपाली जनताले कदापि छुट दिने छैनन् ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर