newskoseli.Com

जापानी राजदूतको उद्योगमन्त्रीसँग भेटवार्ता

उद्योगमन्त्री नवीन्द्रराज जोशीसँग नेपालका लागि जापानी राजदूत मासासी ओगावाले भेटगरी नेपाली उद्योगमा लगानी तथा प्रविधि विस्तारका विषयमा छलफल भएकाे छ ।

सिंहदरबारस्थित उद्योग मन्त्रालयमा उनीहरूबीच भएको भेटमा जापानी लगानी, प्रविधि र सीप विकासका सन्र्दभमा छलफल भएको थियो ।

सो अवसरमा मन्त्री जोशीले घरेलु तथा साना उद्योगको विकासमा जापानले पु¥याएको सहयोग महत्वपूर्ण रहेको बताउँदै नेपाल र जापानबीचको सम्बन्ध विशिष्ट र मित्रवत् रहेको छ ।

उनले उद्योग मन्त्रालयको मुख्य उद्देश्य औद्योगिक विकासमार्फत आर्थिक समृद्धि हासिल गर्नु रहेको जानकारी दिए ।
भेटका क्रममा राजदूत ओगावाले भदौ १६ गते नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेका अवसरमा जापानी विदेश राज्यमन्त्रीले गर्नुहुने तीनदिने भ्रमणका बारेमा पनि जानकारी गराएका थिए।

राजदूत ओगावाले मन्त्री जोशीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपालमा औद्योगिक विकास गर्न आवश्यक सहयोगका लागि जापान सरकार तयार रहेको बताए । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर