newskoseli.Com

राष्ट्रसङ्घद्वारा चीन र अमेरिकालाई धन्यवाद

संयुक्त राष्ट्रसङ्घका वरिष्ठ जलवायु अधिकारीद्वारा संयुक्त राज्य अमेरिका र चीनलाई पेरिसमा भएको अन्तर्राष्ट्रिय सम्झौतालाई अनुमोदन गरेको भनी धन्यवाद ज्ञापन गरेका छन् ।

राष्ट्रसङ्घका वरिष्ठ जलवायु विशेषज्ञ प्याट्रिसिया स्पीनोसाले शनिबार एक विज्ञप्ति जारी गर्दै पेरिस सम्झौताले विश्वका हरेक देश र नागरिकको भविष्यलाई दिगो बनाउन एउटा मौका दिएको बताएका छन् ।

“पेरिस जलवायु सम्झौतालाई जतिसक्दो छिटो पूर्णरुपमा अनुमोदन गरिन्छ, त्यति नै पृथ्वी र यहाँ बसोबास गर्ने प्राणीजगतको भविष्य सुरक्षित बन्नेछ ।” महासचिवको भनाइ छ ।

पेरिस जलवायु सम्झौता तापमान वृद्धिमा ५५ प्रतिशत भाग प्रभाव पार्ने ५५ देशले जलवायु परिवर्तन नियन्त्रणका लागि ऐक्यबद्धता जनाएको ३० दिनपछि कार्यान्वयन भएको मानिनेछ ।

राष्ट्रसङ्घको जलवायु परिवर्तन रुपरेखाअनुसार अमेरिका र चीनले यस विषयमा ऐक्यबद्धता जाहेर गरेपछि विश्वव्यापी उत्सर्जनको करिब ३९ प्रतिशत भाग पुग्नेछ ।

अमेरिकी विदेशमन्त्री जोन केरीले अमेरिका र चीनले लगातार रुपमा जलवायु परिवर्तनलाई प्रभाव पार्ने गतिविधि नियन्त्रण प्रयास जारी राखेका पनि बताएका छन् ।

चीन र अमेरिका विश्वका सबैभन्दा बढी हरित ग्यास उत्सर्जन गर्ने देश हुन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर