newskoseli.Com

रक्षक नै भक्षक : प्रहरीद्वारा बालिकामाथि जबर्जस्ती…

प्रहरीचौकी साँघुटारमा कार्यरत प्रहरी जवान मोहन डाँगीले एक स्थानीय बालिकामाथि जबर्जस्तीको प्रयास गरेका छन् । शुक्रबार साँझ विद्यालयबाट घर फर्कंदैगरेकी १७ वर्षिया गंगामाया (नाम परिर्वतन) लाई प्रहरी जवान डाँगीले साँघुटार– ८ स्थित पाडेमेरे जंगलको बीच बाटोमा समातेर जबर्जस्तीको प्रयास गरेका थिए ।

स्थानीय हिमगंगा उच्च माविमा कक्षा ८ मा अध्यनरत गंगामाया विद्यालयबाट फर्कंदै गर्दा प्रहरी जवान डाँगीले पिछा गर्दै गएका थिए । जंगलको बीच बाटोमा पुगेपछि उनले बालिकालाई बल प्रयोग गरी जबर्जस्ती गर्न खोजेको न्यायका लागि शनिबार मन्थली आएकी पीडितकी आमा लालकुमारीले बताइन् ।

छोरी गंगामायाले प्रहरीको कब्जावाट फुत्किएर चिच्याएपछि गाउँलेहरुले थाहा पाएका थिए । गंगामायाले चिच्चाएर गुहार मागेपछि प्रहरी जवान भागेर कार्यालयमा पुगेका थिए । पीडक प्रहरीको पिछा गर्दै गएका गाउँलेहरुले कार्यालयमा पुगेर उसको पहिचान गरेका थिए ।

सोधखोजको क्रममा पीडक प्रहरी जवान डाँगीले घटना स्वीकार गरे । उनको स्विकारोक्तिका आधारमा पीडकका परिवार शनिबार दिउँसो न्यायका लागि सदरमुकाम मन्थली आइपुगेका हुन् ।

यसबारेमा जिल्ला प्रहरी कार्यालय रामेछापमा सम्पर्क राख्दा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रेम जोशीले पीडक प्रहरी जवानलाई अड्डासार गरी शनिबार नै मन्थली ल्याइसकिएको बताए । उनले गरेको बयान र पीडित पक्षको निवेदनका आधारमा हाल प्रहरी जवान डाँगीलाई हिरासतमा राखी सोधपुछ भइरहेको छ ।

प्रहरी निरीक्षक जोशीले भने– ‘आज शनिबार बिदा परेकाले पीडक पक्षबाट आएको उजुरीमाथि आइतबार छलफल गरी पीडकमाथि न्यायिक प्रक्रिया अघि बढाइनेछ ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर