newskoseli.Com

माओवादी केन्द्रले बोलायो सचिवालय बैठक

समसामयिक राजनीतिक परिस्थिति र सङ्गठनसम्बन्धी निर्णय लिन नेकपा (माओवादी केन्द्र) ले असोज ८ गते केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालको निजी निवास लाजिम्पाटमा बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकले सचिवालयको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । बुधबारको बैठकमा पार्टीको सङ्गठनात्मक संरचनाबारे छलफल भएको उनले बताइन् ।

बैठकमा कार्यालयका सदस्यले अहिले भद्दा सङ्गठनात्मक व्यवस्थाका कारण पार्टी सञ्चालनमा अप्ठ्यारो परेको बताए । उनीहरुले तत्काल पार्टीको महाधिवेशन हुने सम्भावना नरहेकाले त्यतिन्जेलका लागि कस्तो संरचना बनाउने भन्ने निर्णय गर्न आवश्यक रहेकामा जोड दिए ।

फागुनमा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको माओवादी केन्द्रले पार्टी अध्यक्ष प्रधानमन्त्री भएपछि अहिले सरकार सञ्चालनमा प्राथमिकता दिनुपर्ने ठहर गर्दै केही समयअघि महाधिवेशन स्थगित गरेको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर