newskoseli.Com

पूर्वगृहमन्त्री घिमिरेसहितको गाडी त्रिशुलीमा बेपत्ता

पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे चढेको गाडी आइतबार साँझ ४ बजे त्रिशुली नदीमा बेपत्ता भएको छ । उनी चढेर काठमाडौं आउँदै गरेको ना १३ च १३५१ नं. को गाडी चितवनको दाह्रेचोकस्थित घोप्टेभीरबाट नदीमा खसेर बेपत्ता भएको हो ।

चितवन प्रहरी प्रमुख वसन्त कुँवरका अनुसार ७ जना सवार गाडी खसेपछि १ महिलासहित ३ को उद्धार गरिएको छ । उद्धार गरिएकी वृद्ध महिला पूर्वमन्त्री घिमिरेकी आमा हुनसक्ने अनुमान गरिएको छ । उद्धार गरिएका अरू २ मा चालक विष्णु राई र नारायणप्रसाद काफ्ले रहेका छन् ।

दुर्घटनापछि उद्धार गरिएका सो गाडीका चालक राईलाई उदधृत गर्दै प्रहरीले जनाएअनुसार गाडीमा रहेका पूर्वमन्त्री घिमिरेसहित ४ अझै बेपत्ता छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर