newskoseli.Com

सरकारी हेलिकप्टरले गर्‍यो आफ्नै बलमाथि बमबारी…

अफगान वायुबलले गरेको हवाई आक्रमणमा आफैंतर्फका ५ सैनिक र १ प्रहरी अधिकारीको मृत्यु भएको छ । सरकारी अधिकारीले शनिबार पश्चिमी अफगानिस्तानमा सो घटना घटेको जानकारी दिएका हुन् ।

अफगान हेलिकप्टरले भूलबस आफ्नै सुरक्षा बलमाथि बमबारी गरेको बताइएको छ । अफगानिस्तानको फराह प्रान्तको केनस्क क्षेत्रका तालिवानी आतङ्ककारीसँग झडप र हवाई युद्धमा सहयोग पुर्याइरहेका ती सुरक्षा अधिकारीहरू आफ्नै सहकर्मीहरूले गरेको बमबारीमा मारिएका अफगान प्रतिरक्षा मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन् ।

गलत निर्देशनका कारण अफगान बलको जाँचचौकीमा दुर्भाग्यबस बमबारी भएको र त्यसमा परी ५ सैनिक र १ अफगान प्रहरीको मृत्यु भएको मन्त्रालयका प्रवक्ताले जानकारी दिएका हुन् ।

यस घटनाको अनुसन्धान जारी रहेको बताइएको छ । गत महिनामा पनि अफगानिस्तानको उत्तरी प्रान्त उरुजगानमा अमेरिकासँग आबद्ध हवाई आक्रमणमा परी ८ अफगान प्रहरीको मृत्यु भएको थियो ।

अफगानिस्तानमा १५ वर्ष यतादेखि तालिवानविरुद्ध अफगान र नेटो आबद्ध सैनिकले जारी राखेको कारबाहीका क्रममा सर्वसाधारण र सैनिक मारिने घटना विवादपूर्ण रहँदै आएको छ । सार्वजनिक र सरकारी स्तरबाट पनि यसको बारम्बार निन्दा हुँदै आए तापनि यस्ता घटना दोहोरिने गरेका छन् ।

काबुलको दक्षिण भागमा पर्ने लोगार प्रान्तमा १ सैनिक जाँच चौकीमा गत जुलाइमा अमेरिकासँग आबद्ध हवाई आक्रमणमा परी १० अफगान सैनिकको मृत्यु भएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर