newskoseli.Com

गोरखा दरबारबाट फूलपाती हनुमानढोका दरबारमा

गोरखा दरबारको दसैं घरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपाती सहितको डोली पठाइएको छ । शनिबार बिहान ११ बजे गोरखा दरबारको दसैं घरबाट विधिपूर्वक पूजाअर्चना गरिएको फूलपाती सुसारेको टोलीले हनुमानढोका दरबारतर्फ लगेका हुन् ।

बोलेरो जिपमार्फत फूलपाती हनुमानढोकातर्फ पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख गणेश भट्टराईले जानकारी दिए । गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पुर्याएपछि शनिबार साँझ हनुमानढोका दरबारमा हर्ष बढाइँका साथ फूलपाती भित्र्याउने चलन छ ।

गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहले हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि गोरखाको फूलपाती हनुमानढोका दरबार पुर्याउने र भित्र्याउने चलन सुरु गरिएको इतिहास छ । दरबारका सुसारे अमृत कुँवर नेतृत्वको टोलीले फूलपाती हनुमानढोका लिएर गएको हो । गोरखा दरबारको दसैं घरबाट सतिपिपलसम्म सुसारेहरुले फूलपातीको डोली बोकेर ल्याएका थिए । गोरखा दरबार हेरचाह अड्डाले गोरखा पर्यटन विकास केन्द्र, सतिपिपलको एकता युथ क्लब र गोरखा मल्टिट्यालेन्ट ग्रुपको सहयोगमा फूलपाती हनुमानढोका पठाइएको हो ।

दरबारस्थित दसैं घरबाट मालश्री धुनसहित सतिपिपलसम्म र्याली गरिएको थियो भने त्यसपछि सदरमुकामको खोलखोलेसम्म एक सयभन्दा बढी मोटरसाइकलसहित युवाको र्यालीले फूलपाती बोकेको गाडीको स्कर्टिङ गरेको सतिपिपलको एकता युथ क्लबका प्रवीण बस्नेतले जानकारी दिए । विगतका वर्षहरुमा भन्दा यसवर्ष भव्यताका साथ फूलपाती काठमाडौं पठाइएको दरबार हेरचाह अड्डाले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर