newskoseli.Com

फुलपातिका दिन दुर्गाका प्रतिमामा आँखाको नानी

मिथिलाञ्चलका दुर्गा मन्दिरमा फुलपातिका दिन दुर्गाको प्रतिमामा आँखाको नानी थपिने विधि रहेको छ । मिथिलाञ्चलमा निजी र सामूहिक रूपमा दुर्गापूजा गरिने चलन छ । सामूहिक पूजाअर्चना गर्दा आश्विन शुक्लपक्ष प्रतिपदाका दिन प्रतिमाको स्थापना गरिन्छ ।

प्रतिमाको स्थापना गरिँदा आँखा बनाइएको हुँदैन । सप्तमीका दिन पूजा गरेपछि मात्र आँखा राखिने चलन छ । यो विधिका लागि षष्ठीका दिन बेल निमन्त्रण गरिन्छ, जसलाई बेलनौती भनिन्छ । यसअन्तर्गत बेलका रुखको एउटै हाँगामा फलेको जोडा बेललाई रातो कपडामा बेरेर बेल निमन्त्रण गरिन्छ ।

सो विधिका लागि तय गरिएको बेलको रुखतिर बाजागाजाका साथ श्रद्धालुहरू गीतनाद भजन गाउँदै पुग्ने गर्छन् । सप्तमीका दिन बेल जोडीलाई स–सम्मान ल्याउन पालकी बोकेर जाने गरिन्छ । शिव, पार्वती भनी विश्वास गरिएका दुवै बेललाई निमन्त्रण दिइएको हतियारबाट एकैपटकमा काटिन्छ र त्यसलाई पालकीमा राखी पूजास्थलतिर लगिन्छ । पछि दुवैलाई प्रतिमा भएको स्थानमा राखिन्छ ।

अष्टमी प्रारम्भ भएपछि सोही बेलको डाँठबाट दुर्गाको आँखाको नानी थपिन्छ, जसलाई पूर्ण आकारको दुर्गा जन्म भएको मानिन्छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर