newskoseli.Com

संविधान कार्यान्वयनको जिम्मेवारी पूरा गरौं : अध्यक्ष ओली

पूर्वप्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानले निर्धारण गरेको समयमै संविधान कार्यान्वयनका सबै काम टुङ्ग्याउनुपर्ने बताएका छन् ।

शनिबार भक्तपुरको बालकोटस्थित ओली निवासमा प्रेस चौतारी नेपालको संयोजनमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् ।

उनले भने– “अहिलेको सङ्क्रमणकालीन अवस्था अब हट्नुपर्छ, संविधानको कार्यान्वयनमा सानातिना समस्या छन् भने त्यसको समाधान गरेर संविधान कार्यान्वयनको जिम्मेवारी अब पूरा गर्नुपर्छ ।”

देशलाई अब आर्थिक समृद्धि र विकासतर्फ लैजानुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले समयसीमाभित्रै निर्वाचनलगायतका सबै काम टुङ्गिनेमा आफू विश्वस्त रहेको बताए ।

उनले संविधान कार्यान्वयनमा केही अप्ठ्यारा नभएको दाबी गर्दै टुङ्गोमा पुर्याउन नसकिने कुनै पनि अप्ठ्याराहरु नभएको उल्लेख गरे ।

दसैंको बेलामा कसैलाई गाली गर्न वा कसैको प्रशंसा गर्न नचाहेको टिप्पणी गर्दै उनले भने– “यो दसैंको बेलामा म कुनै भल छोप्न चाहन्न, कसैको विरोध गर्न र कसैको समर्थन गर्न, कसैको पक्षमा उभिन र कसैलाई विपक्षमा राख्न चाहन्न, सबैलाई मेरो शुभकामना छ ।”

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर